अब प्रहरीले अपराधी समात्न र थुन्न नपाउने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अब प्रहरीले अपराधी समात्न र थुन्न नपाउने



गुल्मी /अहिलेसम्म मौखिक र ठाडो उजुरीकै भरमा समेत प्रहरीले कुनै अपराध वा अन्य कुनै  घटनाका आरोपीलाई समातेर सिधै लगेर थुन्न्ने गथ्र्योे ।  अर्को दिन मात्र अदालतमा म्याद थप गथ्र्यो । तर भदौ १ गतेदेखि उजुरी परे पनि सम्बन्धित आरोपीलाई पक्राउ गर्न नपाउने भएको छ ।

उसले जिल्ला न्यायधीवक्ताको कार्यालय  वा  अदालतको मुद्दा  हेर्ने अधिकारीको अनुमति पत्र लिएर मात्र पक्राउ गर्नुपर्ने आजदेखि लागु मुलुकी ऐन संहितामा उल्लेख छ ।

जिल्ला अदालत गुल्मीले  शुक्रबार बिहान पत्रकार र अन्य सरोकारवाला निकायबीच राखेको छलफल कार्यक्रममा जिल्ला न्यायधीश रामप्रसाद न्यौपानेले यस्तो जानकारी गराएका हुन् । कुनै ठूलो अपराधी तत्काल समात्नु परे पनि जरुरी पक्राउ पुर्जी प्रहरीले अनिवार्य लिनु पर्नेछ ।

अपराध संहिता र फौजदारी कार्यविधी संहिता र देवानी कार्यविधी संहितबारे आम सर्वसाधरण सम्म सू–सुचित गर्ने उद्देश्यका साथ अदालतले राखेको छलफल कार्यक्रममा वक्ताहरुले १ सय ६५ वर्षपछि नेपाली जनतालाई संहिताले नयाँ युगमा प्रवेश गराएको प्रतिकृया दिएका थिए ।  गाउँका फटाहरुले गरिबहरुलाई झुटा मुद्दा दिई निकै सताउने गर्दै आईरहेका थिए ।

अब त्यस्ता झुटा मुद्दा दिने र लेख्नेहरु पनि तह लाग्ने भएका छन् ।  प्रहरीले पनि जथाभावी मानिसहरुलाई समातेर दुःख दिने गर्दथ्यो ।  अब को प्रहरी, को सेना, को सिडियो, को न्यायधीश जनतालाई बिना कसुर दुख दिएको, आफूले दिने सेवा राम्रोसँग दिननसकेको ठहर भयो भने कार्वाहीमा पर्नेछ ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले भने, ‘अहिलेसम्म हामी हाम्रो अधिकार मात्र खोज्यौं तर अहिले आएको संहिताले अधिकारसँगै कर्तव्य पनि खोजेको छ, जसले अनुशासित समाज रुपान्तरणका लागि कोशेढुङ्गा सावित हुनेछ ।’ उनले कार्यन्वयनमा केहि समास्या र चुनौती देखिए पनि  समाज रुपान्तरणका लागि चुनौती मोल्न समाजका सबै पक्ष एकजुट हुन जरुरी रहेको बताए ।

जिल्ला न्यायधीवक्ता रामचन्द्र घिमिरेले आजको दिन सारा नेपालीहरुका लागि ऐतिहासिक दिन भएको बताए । संहिताले मुलुक नयाँ युगमा प्रवेश गरेको बताउँदै उनले प्रहरी र अदालतमा विना कशुर दुख पाउने युगको अन्त्य भएको धारणा राखे । जिल्ला प्रहरी प्रमुख एसपी दिपक बस्नेतले संहिताले प्रहरीलाई पनि थप जिम्मेवार बनाएको प्रतिकृया दिए ।

बार एशोसियनका अध्यक्ष गोपाल पाण्डेले पत्रकारले सकारात्मक रुपमा फोटो खिच्न पाईने भएकोले नअत्तालिन पत्रकारहरुलाई आग्रह गरे । ‘सकरात्मक भावना राख्नेहरुलाई यो आचरसंहिता एकदम राम्रो छ,’ उनले भने, ‘जसले नकरात्मक भावना राख्छ उसका लागि संहिता ठिक नलाग्न सक्छ ।’

नागरिक समाजका अध्यक्ष पदम पाण्डेले आचार संहिताले नेपाली जनतालाई नयाँ युगमा प्रवेश गराएको प्रतिकृया दिए ।