प्रहरी इन्काउन्टरमा मुक्ति मोर्चाका अध्यक्षको मृत्यु - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रहरी इन्काउन्टरमा मुक्ति मोर्चाका अध्यक्षको मृत्यु



काठमाडौं । प्रहरी इन्काउन्टरमा सप्तरीमा बुधबार बिहान एक जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग बिहान ४ः३० बजे रुपनी नजिकै भएको मुठभेडमा दिपेन्द्र जयसवाल भन्ने दीपेन्द्र चौधरी मारिएका छन् । उनी प्रगतिशील तराइ मुक्ति मोर्चाका अध्यक्ष रहेको बताइएको छ ।

चौधरीले पटकपटक प्रहरीमाथि आक्रमण गरेको, तराईमा आपराधिक गतिविधि, चन्दा असुलीलगायत क्रियाकलापमा संलग्न रहेको आरोप लागेको थियो ।

उनको खोजी कार्य जारी रहेकोमा गोप्य सूचनाको आधारमा पक्राउ गर्न खोज्दा मुठभेडपछि इन्काउन्टर गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमाल बताउनुभयो ।