माइतिघरमा महिलामाथि प्रहरी दमन ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

माइतिघरमा महिलामाथि प्रहरी दमन !



काठमाडौँ – बलात्कारीलाई फाँसी दिनु पर्ने माग गर्दै माइतिघरमा जम्मा भएका महिलामाथि प्रहरीले दमन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले अधिकारकर्मी दिया भण्डारी, सावित्री सुबेदी लगायत ६ जनालाई नियन्त्रणमा लिएको छ।

उनीहरुलाई अनामनगर प्रहरी वृतमा राखिएको छ। बलात्कार विरुद्ध महिला र पुरुष दुवैले कालो पेटिकोट लगाएर प्रदर्शनमा उत्रिएका थिए। बाँकीलाई प्रदर्शन गर्नबाट समेत रोक लगाएको प्रहरीले सहभागिमाथि लाठी चार्ज गरेको छ।

प्रहरीले प्रदर्शनकारी महिलालाई हातपात गर्दै आफ्नो भ्यानमा हालेको प्रदर्शनमा सहभागि दुर्गानाथ दाहालले जानकारी दिए ।

मुलुकमा बलात्कार लगायत आपराधिक घटनामा वृद्धि आएपनि सरकार त्यसमा संवेदनशिल नबनेको भन्दै शनिबार दिउँसो स्वतस्पूर्तरुपमा युवाहरु प्रर्दशनमा उत्रिएका हुन्। प्रहरी र प्रदर्शनकारीको झडपपछि माइतीघरको स्थिति तनावग्रस्त बनेको छ।