प्रहरी विरुद्व विच सडकमा टायर बालेर आन्दोलन - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

प्रहरी विरुद्व विच सडकमा टायर बालेर आन्दोलन



महोत्तरी । गएराती गोली चलाएर लुटपाटहुदाँ पनि प्रहरी प्रशासनले व्यवास्ता गरेको भन्दै भंगहा नगरपालिका ४ का स्थानीयले अहिले विच सडकमा टायर बालेर आन्दोलन गरिरहेका छन् ।

लुटपाट भैरहेको थाहा हुदाहुदै पनि प्रहरी मौन बसेको भन्दै स्थानीय आक्रोसीत भएका छन् ।

के भएको थियो 

भंगहा नगरपालिका वडा नम्बर ४ मा शुक्रबार राति गोली प्रहार गरी लुटपाट भएको थियो । राति १२ बजे दश भन्दा बढी अपरिचित डाँका समूहले प्रहार गरेको गोलीको छर्राले घरधनी अर्जुन भुजेल घाइते भएका छन भने अन्य चारजनालाई धारिलो हतियार प्रयोग गरी घाइते बनाइएको छ । डाँका समूहले छिमेकी उद्धार गर्न आउँदा मोटरसाइकलमा बमसमेत प्रहार गरेका थिए ।

डाँकाको प्रहारबाट ४५ वर्षीय अर्जुन भुजेल, पत्नी ४२ वर्षीय अञ्जु, छोराहरु २५ वर्षीय अमित र १८ वर्षीय दीपेन्द्र भुजेल तथा आफन्त सुमन बुढाथोकी घाइते भएका छन् । उनीहरुको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

डाँका समूहले नगद सहित करिब १० लाख रुपैयाँबराबरको गरहगना लुटेका छन् । अर्जुनकी श्रीमती र आमाले कानमा लगाइराखेको सुनको गहना समेत लुटिएको छ । प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको जनाएको छ ।

घटनास्थलबाट रातो कपडामा बेरिएको सुतली बमको टिन तीन थान र गोलीको खोका तीन थान फेला परेको प्रहरीको भनाइ छ ।

प्रहरीसँग हतियार छैन

राति डाँकाले लुटपाट गरिरहँदा नजिकै जमुनिया चोकमा ड्युटीमा खटिएको सशस्त्र र नेपाल प्रहरीमा गुहार माग्दा उनीहरुसँग हतियार नभएकाले प्रहरी घटनास्थल जान डराएको स्थानीयको आरोप छ ।