प्रहरीभन्दा एनजीओ बलिया ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

प्रहरीभन्दा एनजीओ बलिया ?



काठमाडौँ । अपराध अनुसन्धानमा कमीकमजोरी हुँदा प्रहरी जेल जान थालेपछि प्रहरीमा तरंग आएको छ । गत भदौदेखि लागू भएको अपराध संहिता ऐनको प्रावधानअनुसार पहिलोपटक कञ्चनपुरमा ८ अनुसन्धानमा लापरवाही गरेको भन्दै मुद्दा दायर भएको छ । ६ जना प्रहरी त हिरासतमै छन् ।

बालिका निर्मला पन्तको बलात्कार–हत्या अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोषलाई यातना दिएको अभियोगमा आड प्रहरीविरुद्ध मुद्दा दायर भएको हो । विभिन्न् एनजिओहरुको दबाब सहन नसकेपछि प्रहरी मुद्दा दायर गर्न बाध्य भएको हो । तर, यसले भविष्यमा प्रहरी संगठनमा नकारात्मक असर पर्ने र प्रहरीभन्दा अपराधी बलियो हुनसक्ने चिन्ता व्यक्त गरिएको छ ।

सेवाबाट हटाइएका एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, इस्सपेक्टर एकेन्द्र खड्का, सइ रामसिंह धामी, हरिसिंह धामी र जवान चाँदनी साउदविरुद्ध सार्वजनिक न्यायविरुद्ध कसुर गरेको अभियोग लगाइएको छ । अनुसन्धानको क्रममा प्रमाण नष्ट गरेमा यस्तो कसुर लाग्ने व्यवस्था छ । तर, उनीहरुमध्ये कतिपय प्रहरी घटनाको पाँचदिनपछि मात्रै कञ्चनपुर पुगेका थिए । तर, पनि प्रमाण नष्ट गरेको भनेर उनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ । घटनास्थलको सुरक्षा गर्न नसकेको, जवान साउदले मृतकको सुरुवाल पानीमा छोपलेको र मृतकका कपडा शवसँगै जलाइएको भन्दै उनीहरुविरुद्ध सो मुद्दा दायर गरिएको हो । उनीहरुमध्ये पूर्वएसपी विष्ट र निलम्बित डिएसपी सिजीबाहेक अरु सबैलाई बिहीबार अदालतमा उपस्थित गराइएको थुनछेक आदेश नभएसम्म प्रहरी हिरासतमा बसेका थिए । आजको दृष्टि साप्ताहिकबाट ।