प्रहरी नायब निरीक्षक पन्तको एक पछि अर्को सफलता - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

प्रहरी नायब निरीक्षक पन्तको एक पछि अर्को सफलता



उमेश थापा / बौनिया , कैलाली ।

कैलालिको बर्दगोरिया गाउँपालिका वडा नं ४ स्थित निमाबोझी गाउबाट प्रहरिले सोमबार ठूलो मात्रामा अबैध घरेलु मदिरा बरामद गरेको छ।

बौनिया प्रहरिलाई विशेष सुराकिको आधारमा खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बौनियाका इन्चार्ज प्रहरी नायब निरीक्षक रामचन्द्र पन्तको कमान्डमा खटिएको टोलिले स्थानिय आशा चौधरीको घरमा परालले लुकाईराखिएको अबस्थामा करीब ३ सय ६० लिटर अबैध घरेलु मदिरा सोमबार नियन्त्रणमा लिएको हो।

बरामद भएको उक्त अबैध मदिरा स्थानिय बुद्धिजीवी , नागरिक समाज, पत्रकारको रोहवरमा नस्ट गरिएको छ।

यस अघि पनि बर्दगोरीया गाउपालीका वडा नं १ को जागृती टोल , साझा चोक , बौनियां बजार वार्ड नं ४ निमुवाबोझी , रामपुर , लगायतका विभिन्न स्थानमा निरन्तर छापा मारी करिब १५ हजार अबैध घरेलु मदिरा नष्ट गरेको थियो ।

प्रहरी नायब निरीक्षक रामचन्द्र पन्त बौनियामा आएदेखी बर्दगोरिया गाउँपालिकालाई अबैध मदिरा मुक्त गाउँपालिका बनाउने भन्दै अवैध घरेलु मदिरा , त्यसमा प्रयोग हुने कच्चा पदार्थ र मदिरा बनाउने भांडा बरामद गरी स्थानिय पत्रकार र बुद्धिजिवीहरुको रोहवरमा नष्ट गरिएको थियो । घरेलु मदिरा बनाउंदा कुहिएको अन्न , युरीया लगायत अखाद्यय बस्तु प्रयोग गर्ने भएकाले मानिसको स्वास्थ्यमा असर पुर्याउने समाजमा बिकृती फैलिने हुंदा यसलाई नियन्त्रणमा सहयोग गर्न प्रहरी नायव निरिक्षक पन्तले स्थानियलाई समेत आग्रह गर्नुभएको थियो ।

प्रहरी कानुनको रक्षक भएको बताउदै प्रहरी निरिक्षक पन्तले अझै पनि अटेर गरी अवैध मदिरा उत्पादन तथा बेचबिखन गरेको पाईएमा कानुनी प्रक्रियामा अघि बड्ने चेतावनी समेत दिनुभएको छ ।