प्रचण्डको प्रतिवेदनमाथि सामूहिक निष्कर्ष बुधवार निकालिने - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

प्रचण्डको प्रतिवेदनमाथि सामूहिक निष्कर्ष बुधवार निकालिने



काठमाडौँ /नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिएका प्रतिवेदनमाथि हुने समूहगत छलफलको निष्कर्ष बुधबार पेस गरिने भएको छ ।

आइतबारबाट जारी महाधिवेशनको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् ।

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार प्रदेशगतसहित २५ समूहमा छलफल हुने महाधिवेशन अध्यक्ष मण्डलका नेता कृष्णबहादुर महराले जानकारी दिए ।

उनका अनुसार मंगलबार छलफल सकिने र छलफलको निष्कर्ष भने बुधबार पेस गरिनेछ ।