प्रदीप पौडेल भन्छन -सरकारको ज्यादति बढ्यो, कांग्रेस विश्वासयोग्य भएन - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

प्रदीप पौडेल भन्छन -सरकारको ज्यादति बढ्यो, कांग्रेस विश्वासयोग्य भएन



काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले राज्यका अंगहरूमा केपी शर्मा ओलीको सरकारले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रेस माथिको नियन्त्रण, मानवअधिकार आयोगलाई माहान्यायधिवक्ता मातहतमा ल्याउनु, सुरक्षा परिषद्‌को निणयबिना सेना परिचालन गर्ने प्रधानमन्त्रीको अधिकारले राज्यमाथिको नियन्त्रण बढेको आरोप लगाए। उनले भने, ‘भ्रष्टाचार, कुशासन, मंहगी कमिसनको बिगबिगी, बिचौलियाहरूको राइदाई, बड्दो दलालीकरणले जनतालाई निरास बनाएको छ।’

सबैभन्दा बलियो सरकार भएको बेला उपलब्धि शून्य हुनुले असन्तुष्टि बढ्नु स्वभाविक भएको पौडेलकाे भनाइ छ। उनले भने, ‘यस्तो रबैयाले समृद्धि प्राप्त हुँदैन। सरकारले यतिधैरै ज्यादति गर्दा पनि कांग्रेसप्रति आकर्षण बढ्न सकेन। कांग्रेसको नेतृत्वप्रति पनि जनताको विश्वास नभएको देखिन्छ।’

पर्वत-काठमाडौं सम्पर्क समितिले राजधानीमा गरेको कार्यक्रममा वर्तमान सरकारको कार्यक्षमता शून्य रहेको पौडेलले आरोप लगाए।