प्रदिप पौडेलले दिए १५० विद्यार्थीलाई शैक्षिक सामाग्री - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

प्रदिप पौडेलले दिए १५० विद्यार्थीलाई शैक्षिक सामाग्री



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका युवा नेता प्रदीप पौडेलले गृहजिल्ला तनहुँका तीन वटा विद्यालयमा पाठ्य सामग्री प्रदान गरेका छन् । उनले तनहुँको म्याग्दे गाउँपालिकामा पर्ने गणेश माध्यमिक विद्यालय, मणि प्राथमिक विद्यालय र कालिका प्राथमिक विद्यालयमा पाठ्य सामग्री प्रदान गरेका हुन् ।

नेता पौडेलले तीन वटै विद्यालयमा अध्ययनरत विद्याथीहरुका लागि झोला र कापी–कलम विद्यालयहरुलाई प्रदान गरेको बताइएको छ ।

पौडेलले तीन वटै विद्यालयका गरी एक सय ५० जना विद्यार्थीहरुलाई पुग्ने झोला र कापी–कलम उपलब्ध गराएका छन् । पौडेलले म्याग्दे– ७ रानीस्वाँरामा सामुदायिक भवनका लागि ५० बोरा सिमेन्ट पनि सहयोग गरेका छन् । उक्त भवनलाई आमा सहमूले निर्माण गरिरहेको छ ।