परराष्ट्रमन्त्री ज्ञवाली दम्पतीले गरे शरीर दान - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

परराष्ट्रमन्त्री ज्ञवाली दम्पतीले गरे शरीर दान



काठमाडौं :  परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आफू र आफ्नी श्रीमतीले अंगदान गरेको बताएका छन् । उनीहरूले मरणोप्रान्त आफ्नो शरीर अंगदान गर्ने घोषणा गरेका हुन् ।

सामाजिक संजालमार्फत मन्त्री ज्ञवालीले आफू र आफ्नी श्रीमतीले अंगदान गरेको जानकारी गराएका छन्। उनले मृगौला, मुटु,फोक्सो, कलेजो,प्याङ्क्रियाज र सानो आन्द्रा गरी ६ अंग दान गरेका हुन्।

उनले ट्वीटरमा लेखेका छन्- बुढाबुढी दुबैले आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर पुगेर (मरणोपान्त) अंगदान गरेर आयौं।जिन्दगीको त के भरोसा छ र ! जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्- बस् यत्ति कामना छ।’