प्रधानमन्त्री ओलीले तत्काल परराष्ट्रसहित दुई मन्त्रालय आफैंसँग राख्ने - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

प्रधानमन्त्री ओलीले तत्काल परराष्ट्रसहित दुई मन्त्रालय आफैंसँग राख्ने



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि परराष्ट्र मन्त्रालय आफैंसँग राख्ने भएका छन्। संघीय समाजवादी फोरम नेपाललाई सरकारमा ल्याउन प्रधानमन्त्री ओलीले तत्काल परराष्ट्रसहित दुई मन्त्रालय आफैंसँग राख्ने भएका हुन्।

ओली निकट स्रोतका अनुसार नेकपा एमाले र माओवादी केन्द्रले मधेश केन्द्रित दललाई सरकारमा ल्याउन अझै संघीय समाजवादी फोरमलाई पर्खने भएका हुन्। एमालेले संविधान संशोधनमा साझा बिन्दु खोज्न फोरमसँग आन्तरिक छलफल गरिरहेको छ।

वाम गठबन्धनको सहमति अनुसार १८ वटा मन्त्रालय बनाउने र त्यसमध्ये एमालेले १० र माओवादीले ७ मन्त्रालय पाउनेछन्। फोरम सरकारमा आए दुवै दल १-१ मन्त्रालय छोड्न तयार छन्। प्रधानमन्त्री ओलीले थप एक मन्त्रालय मधेशी नेता ह्दयेश त्रिपाठीलाई दिने तयारी गरेका छन्।