प्रधानमन्त्री ओलीले भने, ‘देश बनाउनेबाहेक मेरा अरु कुनै स्वार्थ छैन' - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

प्रधानमन्त्री ओलीले भने, ‘देश बनाउनेबाहेक मेरा अरु कुनै स्वार्थ छैन’



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य काम देश विकास गर्ने रहेको बताउँदै त्यसका लागि प्रतिबद्ध रहेको पनि बताए।

प्रधानमन्त्रीलाई बधाई दिन बिहिबार बालुवाटार पुगेका नेपाल चेम्बर आफ कमर्सका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री ओलीले भने, ‘देश बनाउनेबाहेक मेरा अरु कुनै स्वार्थ छैन । उद्योग व्यवसायीहरुलाई दुःख दिएर लाभ लिने पक्षमा सरकार छैन ।’

सरकारले भ्रष्टाचारलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक बृद्धिदरलाई बढाउँदै लैजान सबै क्षेत्रको सहयोग आवश्यक रशने बताए ।