प्रधानमन्त्री दाहालले सिंहदरबारबाटै राजिनामा घोषणा गर्ने - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

प्रधानमन्त्री दाहालले सिंहदरबारबाटै राजिनामा घोषणा गर्ने



काठमाडौं, १० जेठ

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार विहान बोलाएको तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । प्रधानमन्त्री दाहाल आफैले ओलीलाई दुई पटक फोन गरेर आउन आग्रह गरेपनि उनी गएनन् ।

अध्यक्ष ओली नगएपछि तीन दल बैठक बस्न सकेन । संसद सुचारु गर्ने प्रयासमा प्रधानमन्त्री दाहालले विहान ९ बजे बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

तीन दल बैठक बस्न नसकेकाले आज बुधबार संसद चल्ने नचल्ने कुनै ठेगान छैन । प्रधानमन्त्री दाहाल संसद चलेको खण्डमा संसदबाटै राजिनामा दिने तयारीमा छन् । संसद नचलेको खण्डमा प्रधानमन्त्री कार्यालय सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै उनले राजीनामा दिने स्रोतको दाबी छ । प्रधानमन्त्री दाहाल मंगलबार नै संसदमा राजिनामा घोषणा गर्ने मनस्थितिमा थिए ।

राजधानी दैनिकबाट