प्रधानमन्त्री दाहालले सिंहदरबारबाटै राजिनामा घोषणा गर्ने - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

प्रधानमन्त्री दाहालले सिंहदरबारबाटै राजिनामा घोषणा गर्ने



काठमाडौं, १० जेठ

प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार विहान बोलाएको तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । प्रधानमन्त्री दाहाल आफैले ओलीलाई दुई पटक फोन गरेर आउन आग्रह गरेपनि उनी गएनन् ।

अध्यक्ष ओली नगएपछि तीन दल बैठक बस्न सकेन । संसद सुचारु गर्ने प्रयासमा प्रधानमन्त्री दाहालले विहान ९ बजे बालुवाटारमा तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

तीन दल बैठक बस्न नसकेकाले आज बुधबार संसद चल्ने नचल्ने कुनै ठेगान छैन । प्रधानमन्त्री दाहाल संसद चलेको खण्डमा संसदबाटै राजिनामा दिने तयारीमा छन् । संसद नचलेको खण्डमा प्रधानमन्त्री कार्यालय सिंहदरवारबाटै देशवासीलाई सम्बोधन गर्दै उनले राजीनामा दिने स्रोतको दाबी छ । प्रधानमन्त्री दाहाल मंगलबार नै संसदमा राजिनामा घोषणा गर्ने मनस्थितिमा थिए ।

राजधानी दैनिकबाट