प्रधानमन्त्रीलाई चालाउने सल्लाहाकार जो सचिवहरुमार्फत मन्त्रीहरुका सुराकी गर्छन् - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्रीलाई चालाउने सल्लाहाकार जो सचिवहरुमार्फत मन्त्रीहरुका सुराकी गर्छन्



काठमाडौँ । प्रधानमन्त्री कार्यालयले केहीदिनअघि सचिवहरुको बैठक डाक्यो । जुटेका सचिवहरु तब जिल्ल परे, जब बैठकको नेतृत्व प्रधानमन्त्रीले होइन, उनका मुख्य सल्लाहकार विष्णु रिमालले गरे ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ – ‘यस्तो अनौठो शासकीय प्रणाली कहिल्यै देखिएको थिएन’, सहभागी एक सचिवले भने, ‘देशमा छाया शासन चल्न थालेको अनुभूति भयो ।’

स्रोतका अनुसार रिमालले हरेक दिनजसो सचिवहरुलाई ‘ब्रिफिङ’ मा बोलाउँछन् । त्यसका लागि कार्यतालिका नै बनाएका छन् ।

दैनिक कम्तीमा एक सचिवलाई उनले ‘१० मिनेट तपाईका लागि समय छुट्टाइएको छ ’ भनेर झिकाउने गर्छन् । र, मन्त्रीले दिनभर के–के गरे , मन्त्रालयका कामका प्रगति विवरण के छन् भन्दै रिपोर्टिङ लिन्छन् ।