प्रधानमन्त्री देउवाज्यू कस्तो हुँदो रहेछ भोटको चोट ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रधानमन्त्री देउवाज्यू कस्तो हुँदो रहेछ भोटको चोट ?



-हरि थापा

समाननिय प्रधानमन्त्रीज्यू सर्वप्रथम चुनाव शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्नु भयो साथै गृह जिल्लामा भारी मतले विजय हासिल गर्नु भयो यो तपाईँको मात्र जित होइन आम नेपालीको जित मान्नु पर्छ राष्ट्रको कार्यकारी प्रमुखको ह्रार त्यति सहज हुने थिएन लजास्पद ह्रार हुने थियो त्यस कारण यस अवधिमा तपाईँलाई हार्दिक बधाई साथै शुभकामना टक्र्याउन चाहन्छु।

देश यस्तो दयनिय अवस्थामा गुज्रिरहदा मुलुकको संक्रमणकाल अन्त्यका लागि देउवाले खेलेको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ इतिहासले उनलाई सम्झिरहने छ। नेपाली काङ्ग्रेसलाई पनि सम्झिरहने छन्।धेरै शङ्का उपशंकाको विन्दुमा रहेर पनि दोस्रो चरणको चुनाव सम्पन्न गराएरै छाड्नु भो यसमा आम जनताले तपाईँलाई धन्यवाद स्याबास दिनै पर्छ र साथै आभार,कृतज्ञ प्रकट गरेका पनि छन् ।

यसो भनिरहँदा काङ्ग्रेसको जुन स्थान,जुन विश्वास र जुन लोकप्रियता थियो त्यसको स्थान ह्वात्तै घटाउने काम को श्रेय पनि देउवालाई जान्छ यसलाई कहिल्यै बिर्सन सकिँदैन जुन काङग्रेस पाटीका नेताहरूले भुलको रूपमा सहजै स्वीकार गरिसकेका छन्।तर देउवाले यस्ता कुरा स्वीकार गर्दैनन् उनी स्पष्ट रूपमा नागरिक सामु केही भन्न रुचाउदैनन् बहस समीक्षा गर्न चाहदैनन् ।

वास्तवमा देउवा पर्दापछाडी बाटै षडयन्त्रपुर्ण भूमिका खेल्छन र जबरजस्त आफ्नै कुरा माथि पारि नितिनियम लादन खोज्छन। देउवाले कहिल्यै जनताको भावना खरो आवाज र अाक्रोस सुन्न सक्दैनन् र चाहदैनन् यदि कहीँ कतै त्यस्ता आवाज गुन्जिदा ठाडै छोप्ने प्रवृति कायम छ,प्रतिवाद गरिहाल्छन।पटक पटक सत्ताको बागडोर समालेका देउवा अलिकति पनि अात्माअालोचना गर्दैनन् यो नै देउवाको व्यक्तित्व धमिल्याउने पहिलो त्रुटि हो।

अब रह्यो चुनावी चर्चा विश्लेषण र काङ्ग्रेसका भुल,त्रुटी विशेष त यति ठुलो पाटीलाई बाम गठबन्धनले हायलकायल बनाउनु नै प्रमुख विषय बन्यो हरेकले आफ्नो ठाउँ बाट मुल्याङकन गरे विश्लेषण गरे काङग्रेस पाटी कहाँ निर चुक्यो!

पृष्ठभूमिलाई नहेरी सिधै विषयमा प्रवेश गर्दा  पहिलो झट्का जब बिबिसि साझा सवालको पाँच सय भागमा प्रधानमन्त्रीले नागरिक बहसमा नागरिकले प्रश्न गर्दा प्रश्नको सामना नगरी अाक्रोसलाई शान्त पार्नुको साटो प्रश्न कर्तामाथी आफै झम्टिए,सम्भवत त्यही दिन देखि पाटी अोरालो लाग्न थाल्यो नागरिकमा नकरात्मक सन्देश प्रवाह भयो।

दोस्रो जब साझा सवाल काण्ड केही मत्थर हुन लागेको थियो यसलाई देउवाले गल्तीको महसुस गर्दै गरेनन् लगतै फेरि सार्जनिक कार्यक्रममा पुन गल्ती दोह्रोरियो भाणष गर्न समयमा विज्ञप्ति पढेर अझै हासोको पात्र बन्दै गए यस्तै साना साना गल्ती लाई महसुस गरेनन् र एक पछि अर्को गरिरहे अाईजिपि नियुक्त काण्ड, प्रधानन्यायधिस महाअभियोग काण्ड,न्यायधिस नियुक्त देखि राजदूत नियुक्तमा देउवाले गरेको जबरजस्त हस्तक्षेप कारण जनमानसमा नकरात्मक दृष्टिकोण बढ्दै गयो।

यति हुँदा सम्म पनि देउवाले आफ्नो कठोरतालाई त्याग्न सकेनन् जब चुनावको पुर्वसन्ध्यामा फेरि देउवाले विवास्पद अभिव्यक्ति दिँदै गए कमिनिष्ट शासन आयो भने रुन पाईदैन जस्ता भ्रमपुर्ण अभिव्यक्ति जसको प्रत्यक्ष सामना गर्न केपि प्रचण्ड कटिवद्द भएर लागे तर देउवाले कहिल्यै पनि सावधानी पूर्ण तरिकाले यस्ता अभिव्यक्तिको सामना गरेनन् ।

व्यक्तित्वले पनि केहिहद सम्म फरक पर्ने रहेछ भन्ने अहिले को चुनावले छर्लाङ्ग देखाई दियो सायद देशको कार्यकारी प्रमुख पाटी सभापतिको हैसियतमा रहेर पाटी भित्रका आन्तरिक मामिलाको समाधान गर्दै कार्यकर्ता रुष्ट हुन नदिएको भए र उमेरदारको टिकटमा केही ध्यान दिएको भए भएका कमिकमजोरीको समीक्षा गर्दै अगिबढेको भए पनि यसरी पछारिने अवस्था नअाउन सक्थ्यो

जम्बो मन्त्रीमण्डल बनाएको भन्दै चर्को आलोचना भइरहेका बेला देउवाले इतिहासकै पहिलो ठुलो चोैसठ्ठी सदस्यीय मन्त्रीमण्डल विस्तार गरेरै छाडे कयोैँ विनाविभागिय मन्त्री भईरहदा चुनावको समयमा गृह मन्त्रालय खाली राख्नु जस्ता अनेकोैँ अालोचनात्मक काम गर्दै जानुले पाटीका कार्यकर्ता रुष्ट हुनु देखि जनता दिक्क पार्ने काम देउवाले गरेकै हुन।फलस्वरुप यसको परिणाम जनताले देखाई दिए जनताको ताकत के हो भन्ने कुरा बल्ल देउवाले थाहाँ पाए ।

देउवाले सोचेका जनता त्यति ज्ञानी पनि थिएनन् जसले सधैँ सदभाव मात्र गरिरहने हरेक क्रियाकलापलाई जबरजस्त स्वीकार गरिरहने त्यसैले त तितो स्वाद चखाई दिए ।

जनताको दुख,पिडा चासो गुनासोलाई हल्का रूपमा लिने ख्याल ख्याल सम्झिने देउवा उनको पाटीलाई जनताले शक्तिशाली भोटको गतिलो चोट दिएकै हुन ।पक्कै पनि यो परिणामलाई पाटीको इतिहासकै सबै भन्दा ठुलो ह्रार मान्नै पर्छ।बल्ल यो चोटको महसुस गर्दै छन्। प्रधानमन्त्री देउवाले…