प्रधानमन्त्री भएको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्दै ओली - Himal Post Himal Post
  • १७ कार्तिक २०८१, शनिबार
  •      Sat Nov 2 2024
Logo

प्रधानमन्त्री भएको ११ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गर्दै ओली



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दोश्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी गरेका थिए।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहालसँग आइतबार साँझ प्रधानमन्त्री निवासमा झन्डै एक घण्टा एक्लै भेट गरी सरकार विस्तारका विषयमा छलफल गरेका थिए।

‘प्रधानमन्त्रीले अब सरकार विस्तार गर्नुहुन्छ’, एमाले महासचिव ईश्वर पोखरेलले अन्नपूर्णसँग भने, ‘सरकार विस्तारकै लागि उहाँले माओवादी अध्यक्षसँग छलफल गर्नुभएको छ।

तीनै तहका निर्वाचनमा नराम्रोसँग पराजित कांग्रेस किंकर्तव्यमुढ अवस्थामा पुगेको धारणा विश्लेषकहरूले राखेका छन्। उनीहरूले तत्कालका लागि कांग्रेसले राजनीतिक निकास दिन सक्ने अवस्था पनि नरहेको तर्क गर्दै भनेका छन्, ‘कांग्रेसले भन्दै आएको राष्ट्रियता, समाजवाद र प्रजातन्त्र पनि संग्रहालयमा पुगेको छ।’

कांग्रेस अहिले ठेकेदार, डन, भ्रष्टाचारी र नातेदारको केन्द्रबिन्दु बनेकोतर्फ इंगित गर्दै उनीहरूको सुझाव छ, ‘जनताको कांग्रेस नभएसम्म उसलाई पत्याउने आधारसम्म छैन।’

संयुक्त राष्ट्रसंघका पूर्वस्थायी प्रतिनिधि प्राडा जयराज आचार्य भन्छन्, ‘इतिहासमै नराम्ररी पराजय भोगेको कांग्रेस चुनौतीको घेराबन्दीमा बस्न बाध्य छ। कांग्रेसले पराजयको पीडालाई शान्त पार्न नयाँ ढंगमा जानुपर्छ। राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई जनतामा लग्ने नीति, कार्यक्रम र विश्वसनीय नेतृत्व अपरिहार्य छ।’

प्राध्यापक डा.उद्धव प्याकुरेलले कांग्रेसको भावी नीति भनेको जनमुखी कार्यक्रम ल्याउनुरहेको तर्क गर्छन्। उनी भन्छन्, ‘कसको नेतृत्व र एजेन्डामा पार्टीलाई किन र केका लागि अघि बढाउने भन्ने नीतिगत स्पष्टताको आवश्यकता छ, त्यो नभएसम्म कांग्रेस असफल भइरहन्छ।’

कांग्रेसको वर्तमान नेतृत्वले अविकसित देशमा राजनीतिक नारा ठूलो कुरा हो भन्ने बुझ्नु जरुरी रहेकोमा उनले जोड दिए।

‘धन, डन, भ्रष्ट र नातामा कांग्रेस छैन भन्ने प्रमाणित गर्नैपर्छ, अन्यथा आरालो लागेको मृगलाई बाछोले पनि खेद्छ भनेझैं अब कांग्रेस खेदिने मात्र हो’, उनले भने सोमबार दिउँसो ४ बजेसम्ममा विस्तार हुन्छ।’

स्रोतका अनुसार, प्रधानमन्त्री ओली र दाहालबीचको भेटमा दुवै पार्टीले सरकारमा पठाउन खोजेका मन्त्रीको प्रारम्भिक नाम र सरकारको नीति तथा कार्यक्रमका विषयमा समेत केन्द्रित रहेर कुराकानी भएको छ।

ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबन्डा भएको थियो। १० फागुनमै मन्त्रालय भागबन्डा लगाए पनि दुवै पार्टीले आफ्ना भागमा परेका मन्त्रालयमा मन्त्रीको आकांक्षी धेरै हँुदा टुंगो लगाउन सकेका थिएनन्।

मन्त्री बन्न दुवै पार्टीका आकांक्षीको ‘प्रेसर’ थेग्न ओली–दाहाल दुवैलाई सकस परेपछि निर्णयमा पुग्न ढिलाइ भएको हो।

प्रधानमन्त्रीले पार्टीबाट मन्त्रिपरिषद्मा पठाउने नेताहरूको नामका विषयमा पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलसँग पनि आइतबार छलफल गरेका थिए।

प्रधानमन्त्रीले नेता नेपालसँग एक्लै र अन्य नेतासँग भने सामूहिक रूपमा सरकारमा पठाउने मन्त्रीहरूको विषयमा परामर्श गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

‘प्रधानमन्त्रीले दाहालदेखि पार्टीकै वरिष्ठ नेतासँग सरकार विस्तारका विषयमा केन्द्रित रहेर कुराकानी गर्नुभएको छ’, ओलीका प्रेस संयोजक अधिकारीले भने, ‘सम्भवतः सोमबार मन्त्रिपरिषद् विस्तार हुन्छ।’