प्रधानमन्त्री देउवाद्वारा माओवादी केन्द्रका मन्त्रीहरु हटाउने देखि संसद भङ्गसम्मको आशंका - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

प्रधानमन्त्री देउवाद्वारा माओवादी केन्द्रका मन्त्रीहरु हटाउने देखि संसद भङ्गसम्मको आशंका



१८ असोज, काठमाण्डौ ।

बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की,महादेव यादव,बसन्तराज भण्डारी,बिपिन अधिकारीसहित नेपाल बार एशोसियनका पदाधिकारीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्शका लागि बोलाएका छन् । वालुवाटार स्रोतका अनुसार समसायिक राजनीतिक अवस्थाका बारेमा कानुनविदहरुसँग परामर्श गर्न लागिएको हो ।

प्रधानमन्त्री देउवाले बिभिन्न पेशा र व्यवसायीहरुसँग बृहत लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने बारेमा परामर्श गर्ने क्रममा कानुन क्षेत्रका बिज्ञहरुसँग पनि परामर्श गर्न लागेको बताइएको छ ।

सरकारको पुनर्गठन र संसद भंगसम्म कदमबारे कानूनी परामर्श लिन देउवाले आकस्मिक रुपमा अहिले आफ्ना पार्टी्निकट कानूनविदहरु बोलाएर बालुवाटारमा छलफल थालेका हुन् ।

 

बालुवाटार स्रोतका अनुसार बैठकमा महान्यायाधिवक्ता, कानूनविद्हरु, कांग्रेसका शीर्ष नेता लगायत उपस्थित छन् । जसमा एमालेसँग वाम गठबन्धन गरेको माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाएर सरकार पुनर्गगठन र उस्तै परे संसद विघटनसम्मको विषयमा कानूनी प्रावधानबारे छलफल भइरहेको उच्च स्रोतले बतायो । देउवाले कानूनविदसँग परामर्श गरेर आवश्यक कदम चाल्ने तयारी गरेको आशंका समेत गरिएको छ ।

काँग्रेस बैठक लगत्तै आफनो सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले कानुनी परामर्श गर्न थालेका हुन ।

नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धन र पार्टी एकता गर्ने प्रक्रिया अगाडि बढाएपछि उत्पन्न परिस्थितिका बारेमा प्रधानमन्त्री देउवाले कानुनी परामर्श थालेका हुन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवालाई मंगलबार दुई पटक भेटेर एमालेसँग चुनावी तालमेल गरेपनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने र बर्तमान सरकारले नै निर्वाचन गराउने बताएका थिए ।