प्रधानन्यायाधीश पराजुलीलाई तत्काल महाअभियोग लगाई कारबाही गर्न केसीको माग ! - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

प्रधानन्यायाधीश पराजुलीलाई तत्काल महाअभियोग लगाई कारबाही गर्न केसीको माग !



काठमाडौं। प्रधानन्यायाधीश गोपाल पराजुलीलाई तत्काल महाअभियोग लगाई कारबाही गर्न त्रिविका वरिष्ट चिकित्सक प्राडा गोविन्द केसीले सरकारलाई दस दिने अल्टिमेटम दिएका छन् ।

प्रधानन्यायाधीश पराजुलीले पदबाट राजीनामा नदिए यही फागुन २९ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने डा केसीले घोषणा गरेका हुन ।

न्याय सम्पादनमा भ्रष्टाचार गरेको व्यक्तिलाई महाअभियोग लगाएर हटाउनुको विकल्प नभएको डा केसीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरी दोषी ठहर्‍याईएका पदाधिकारीलाई पनि कारबाही गर्न डा। केसीको माग छ ।

चिकित्सा शिक्षा अध्यादेशलाई यथाशीघ्र ऐनमा परिणत नगरे विरोधका अन्य कार्यक्रम ल्याउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।