रमेश बडाललाई न्यायाधीश नबन्न मुक्ति प्रधानको चेतावनी
काठमाडौं । संसद विघटनविरुद्धको मुद्दामाथि अहिले संवैधानिक इजालसमा बहस भैरहेको छ । बहसकै क्रममा इजलासमा चर्काचर्की समेत भएको छ ।
यस्तैमा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले महान्यायाधिवक्ता रमेश बडालप्रति आक्रोश व्यक्त गर्दै चेतावनी दिएका छन् । प्रधानले महान्यायाधिवक्ता बडाललाई न्यायाधीश नबन्न चेतावनी दिएका हुन् ।
कानुनविदको सहभागितका महान्यायाधिवक्ताले प्रश्न उठाएपछि आइतबार बहस गर्दै पूर्वमहान्यायाधिवक्तासमेत रहेका प्रधानले भने, “रमेशजी तपाईं अनुशासन समितिको अध्यक्ष, तपाईं न्यायाधीश होइन, भुलेर नबोल्दिनोस् ।”