प्रदेशबाटै स्मार्ट लाईसेन्स - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

प्रदेशबाटै स्मार्ट लाईसेन्स



सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) अव प्रदेश कार्यालयबाट नै पाइने भएको छ ।

यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाईसेन्स वितरण गर्ने तयारी बढाएको छ ।

विभागले एकद्धार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको कामसमेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन शुुरु गरेको हो ।

प्रदेशबाट लाईसेन्स बाँड्ने गरी प्रक्रिया अगाडी बढाइएको बताउँदै विभागका महानिर्देशक लावण्यकुमार ढकालले भने, हामीले आन्तरिक छलफल र गृहकार्य गरिरहेका छौँ, कुन तहबाट वितरण गर्ने र केन्द्रिय डाटासँग कसरी जोड्ने भन्नेबारे टुंगो लाग्न बाँकी छ ।, आजकोनेपाल समााचारपत्रमा यो खबर छ ।