प्रदेश सरकारले ६ दिन विदा पाउने - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

प्रदेश सरकारले ६ दिन विदा पाउने



काठमाडौं । प्रदेश सरकारले अब आफ्नो प्रदेशमा एक वर्षमा ६ दिन मात्र विदा पाउने भएका छन् । प्रदेश सरकारले दिने विदाका दिन सम्बन्धित प्रदेशमा रहेका केन्द्र मातहतका कार्यालयमा समेत बिदा दिइने भएको छ ।

गृह मन्त्रालयले प्रदेश सरकारहरुले आफ्नो प्रदेश मातहतमा दिने बिदालाई व्यवस्थित गर्ने प्रस्ताव मन्त्रिपरिषद् समक्ष पेस गरेपछि यो व्यवस्था लागु हुन लागेको हो । यद्यपि मुलुकभरका अन्य भागमा भन्दा काठमाडौं उपत्यकामा भने ४ दिन बढी बिदा प्रस्ताव गरिएको छ । यही कारण प्रदेशले दिने बिदा उपत्यकामा लागु नहुने प्रस्ताव गृहले गरेको छ ।

गृह मन्त्रालयको प्रस्ताव अनुमोदन भएपछि प्रदेश ३ सरकारले दिने बिदामा प्रदेशभित्रका केन्द्र मातहतका उपत्यका बाहेकका सबै जिल्लामा बिदा लागु हुनेछ । समाचार आजको कान्तिपुर दैनिकमा छ ।