प्रदेश राजधानी माग गर्दै दाङमा अनिश्चितकालिन बन्द ,बिहानै देखि प्रभाव - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

प्रदेश राजधानी माग गर्दै दाङमा अनिश्चितकालिन बन्द ,बिहानै देखि प्रभाव



दाङ । प्रदेश राजधानी दाङ हुनुपर्ने माग राख्दै आह्वान गरिएको अनिश्चितकालीन आम हडतालको प्रभाव आज बुधबार बिहानैदेखि परेको छ ।

बिहान ६ बजेदेखि नै बन्दकर्ता सडकमा उत्रिएका छन् । पूर्वपश्चिम राजमार्गमा टायर बालिएको छ । सरकारले दाङको सम्भावना हुँदाहुँदै अन्यत्र राजधानी तोक्ने तयारी गरेको हुँदा सरकारलाई दबाब दिन सडकमा आउन बाध्य भएको दाङ प्रादेशिक राजधानी सरोकार समितिले जनाएको छ । राजधानी नतोकिँदासम्म सडक छाड्दैनौँ सरोकार समितिका संयोजक नारायण भाषालले वताए ।

दाङको घोराही, तुलसीपुर, लमही क्षेत्रमा राजधानी माग गर्दै आज बुधबार बिहानदेखि नै प्रदर्शन सुरु भएको हो । राजधानी माग गर्दै सुरु भएको आम हड्तालमा नागरिक अगुवा, उद्योगी, व्यवसायी एवम् नागरिकहरु सहभागी भएका छन् । बन्दका कारण जनजीवन पुरै प्रभावित भएको छ । बिहानदेखि यातायात, बजार, स्कुल तथा कलेज सबै ठप्प छ ।

सरकारले दाङमा प्रदेशस्तरीय उच्च अदालत, प्रदेश प्रहरी कार्यालय, निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।फाइल तस्बिर