प्रदेश ५ को स्थायी राजधानी बुटवललाई नै घोषणा गर्न दबाव दिन कांग्रेसले प्रदर्शन गर्दै - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

प्रदेश ५ को स्थायी राजधानी बुटवललाई नै घोषणा गर्न दबाव दिन कांग्रेसले प्रदर्शन गर्दै



बुटवल । नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई स्थायी राजधानी घोषणा गर्न दबाव दिन बिहीबार बुटवलमा खबरदारी सभा गर्दैछ । गत वर्ष माघ ३ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला बुटवललाई अस्थायी राजधानी घोषणा गरिएको थियो ।

अस्थायी राजधानी घोषणाको वर्षगाँठको दिन पारेर कांग्रेस रुपन्देहीले स्थायी राजधानी घोषणा गर्न दबाव दिन खबरदारी सभा गर्न लागेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।

खबरदारीसभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, पार्टीका प्रवत्ता तथा युवा नेता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कंडेल, मानबहादुर विक लगायतका शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिए।

बुटवलको ट्राफिक चोकमा हुने खवरदारी सभापूर्व राजमार्ग चौराहाबाट जनप्रर्दशन समेत गरिने कार्यक्रम रहेको छ। खबरदारी सभामा रुपन्देहीका १६ वटै स्थानीय तहबाट काग्रेस नेता कार्यकर्ता र शुभचिन्तक बुटवल आउँदै छन् ।

प्रत्येक गाउँमा खबरदारी सभाका लागि बुटवल आउन कार्यकर्ता तथा शुभचिन्तकले तयारी गरेका छन् । काँग्रेसले बुटवलमा धेरै कार्यकर्ता उतारेर यसलाई काँग्रेस कमजोर नभएको भन्दै एक प्रकारले शक्ति प्रर्दशन नै गर्न खोजेको छ ।