प्रदेश प्रमुख हटाउने हल्ला के हो ?
प्रदेशका प्रमुखहरुलाई हटाउने निर्णय नभएकोखुलासा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रदेश प्रमुखलाई हटाउने निर्णय नभएको बरु कानुनमन्त्री नै झुक्किएको बताएका हुन् ।
रिमालले भदौ ४ पछि भएका अन्य राजनीतिक नियुक्तिहरु मात्र खारेज भएको बताए । यसअघि कानुनमन्त्री शेरबहादुर तामाङले बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले गरेका अन्य राजनीतिक नियुक्तिसँगै प्रदेश प्रमुखहरु पनि हटाउने निर्णय गरेको जानकारी दिएका थिए । प्रदेश प्रमुखहरुलाई हटाउने निर्णय नभएको बरु कानुनमन्त्री झुक्किएको रिमालले प्रष्ट पारे ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश तथा प्रतिनिधिसभाका लागि निर्वाचन आचारसंहिता लागू भएदेखि नयाँ सरकार गठन हुनुभन्दा पहिले मन्त्रिपरिषद् तथा मन्त्रीस्तरबाट भएका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।