प्रदेशको राजधानी घोषणा गर्नुपर्ने माग गर्दै रिले अनसन सुरु - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

प्रदेशको राजधानी घोषणा गर्नुपर्ने माग गर्दै रिले अनसन सुरु



विराटनगर – मोरङ मुस्लिम समाजले विराटनगरलाई १ नं प्रदेशको राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आज अपराह्नदेखि रिले अनसन सुरु गरेको छ।

विराटनगरको वुधहाट चोकस्थित बि प्लटमा सुरु गरिएको रिले अनशनमा ताजिम अहमद, साहव अहमद गड्डु, मोहम्मद नसरुल, सम्स आलम र नासिर अहमद छन्।

विराटनगरलाई राजधानी घोषणा नभएसम्म अनशन जारी रहेनरहने समाजका प्रवक्ता वसिम आलमले बताए। रासस