प्रदेश ५ को पहिलो बैठक सुरु (फोटो कथा) !
अाचार्य प्रदीप
बुटवल । प्रदेश ५ को अस्थायी मुकाम बुटवलमा आज पहिलो प्रदेशसभा बैठक सुरु भएको छ ।प्रदेशसभा बैठक बुटवल उद्योग वाणिज्य संघको भवनमा हुदै छ ।
प्रदेश ५ मा पर्ने बाँके, बर्दिया, दाङ, रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँचीका सांसदहरु बुटवल आइसकेका छन् भने पाल्पा, नवलपरासी पश्चिमका सांसदहरु आएका छन् ।
वैठकमा भावी मुख्यमन्त्री शंकर पोखरेलले कृषीबाट देश समृद्ध हुने बताएका छन् ।३० दफा र ४ अनुसुची रहेको प्रदेश सभा सन्चालन कार्यबिधी पनि पारीत भएको छ ।तेस्तै सभामुख निर्वाचन फागुन २ गते हुने बताइएको छ ।