प्रदेश ७ मा भोली सार्वजनिक विदा - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

प्रदेश ७ मा भोली सार्वजनिक विदा



कैलाली । प्रदेश नं ७ को सरकारले भदौ १० गते अर्थात भोली (आइतबार) सार्वजनिक विदा दिएको छ ।

जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा प्रदेश मातहतका सरकारी कार्यालयहरु तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गदै आइतबार सार्वजनिक बिदा घोषणा गरेको हो।

मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर सातको महत्वपूर्ण पर्व जनैपूर्णिमा तथा रक्षाबन्धनका दिन बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शंकर अर्यालद्वारा हस्ताक्षारित विज्ञप्तिमा उल्लेख गरिएको छ।