प्रदेश ५ को राजधानी रुपन्देहीबाट अन्त सार्न हुदैन :प्रचण्ड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

प्रदेश ५ को राजधानी रुपन्देहीबाट अन्त सार्न हुदैन :प्रचण्ड



नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भैरहवामा आयोजित मेलाको उदघाटन गर्दै रुपन्देहीबाट राजधानि सर्न नसक्ने बताउनु भएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघले आजदेखि भैरहवामा आयोजना गरेको लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उहाले रुपन्देहीबाट अन्यत्र राजधानि सार्दा समस्या हुन सक्ने बताउनु भयो ।उहाले प्रदेश नम्वर ५को मात्रै नभएर सबै प्रदेशका राजधानि नसर्ने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो हाल कायम रहेका प्रदेशका राजधानीलाई अन्यत्र सार्दा धैरै समस्या हुने भन्दै निरन्तरता दिने सोच सरकारको छ तर यसको संबैधानिक अधिकार प्रदेश सभामा छ ।उहाले हाल कायम रहेका अधिकांश प्रदेशका राजधानी परिवर्तन गर्न दबाव र सुझाव आएपनि तत्कालका लागि सम्भव नरहेको प्रष्ट पार्नुभयो। उहाले अन्यत्र सार्दा पूर्वाधार निर्माणदेखि अन्य समस्या झेल्नुपर्ने बताउनुभयो ।

‘अहिले कायम रहेका स्थानमा प्रदेश राजधानीका लागि थुप्रै पूर्वाधार तयार छन्’, प्रचण्डले भन्नुभयो, ‘हाल कायम रहेका प्रदेका राजधानी सार्दा जनतामाझ विभेद बढ्नेदेखि लिएर धेरै समस्या उत्पन्न हुन्छ ।’ उहाले ले अघिल्लो सरकारले तोकेको स्थानमा नै ५÷१० वर्षसम्म राजधानी चलाउँदा राम्रो हुने धारणा राख्नुभयो ।
उहाले प्रदेश पाँचको राजधानीको नामकरण लुम्बिनी प्रदेश राखेमा कसैको आपत्तिको विषय नहुने बताउनु भयो । ‘लुम्बिनी सबै क्षेत्र, वर्ग, धर्म, सामुदायको आस्थाको केन्द्र हो’, उहाले भन्नुभयो, ‘लुम्बिनीको नामबाट प्रदेशको नामकरण गर्दा सबैको गरिमा बढ्छ ।’

उहाले लुम्बिनीमा शान्तिको खोजीमा सबै धर्म, वर्ग, सामुदायको आगमन हुने भएकाले लुम्बिनीलाई विश्व शान्तिको रुपमा विकास गर्नुपर्ने बताउनु भयो ।

उहाले सरकारले केही नगरेको भन्ने विषयमा टिप्पणी गर्दै ऐन नियम र कानुन निर्माण समय खर्चिनु परेकाले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताउनु भयोृ । उहाले कमी भएको विषयलाई सुधार गर्दै जाने र गरेका राम्रा कामलाई समर्थन गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो वर्तमान सरकार भारत र चीनसँगको सम्बन्ध विस्तारमा केन्द्रित रहेको बताउँदै उहाले मुलुकको हितमा काम गर्ने उल्लेख गर्नुभयो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान निर्माण हुदाँ भएको कमजोरीकै कारण कतै दीपावली कतै विरोध गरिएकाले वर्तमान सरकारले दुई तिहाईको बहुमत जनतको इच्छा अनुसार काम गर्नुपर्ने बताउनु भयो।

उहाले राजनीतिक दलका नेताहरुले जहा गयो त्यही प्रदेशको राजधानि बनाउन सकिन्छ भन्दै हिडनु उपयुक्त नहुने बताउदै रुपन्देहीबाट प्रदेशको राजधानि कुनै पनि हालतमा सार्न नदिने बताउनु भयो ।
प्रधानमन्त्री केपी ओलीतर्फ इंगित गर्दै उहाले मुलुक ज्ञानेन्द्र पथले नभई लोकतान्त्रिक पथले मात्र अघि बढ्न सक्ने बताउनु भयो ।

नेकपाका नेता तथा पुर्वमन्त्रि घनश्याम भुषालले सरकारका कमिकमजोरीको खुलेर समिक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्दै समिक्षा सरकारलाई असफल बनाउन नभई सहि बाटोमा हिडाउनका लागि हुने बताउनु भयो । उहाले जनताका चाहना धेरै भएकाले सरकारले तिब्र गतिमा काम गर्नुपर्ने बताउनु भयो ।
राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दीपक बोहराले वर्तमान सरकारका कारण मुलुकमा जताततै त्रास सिर्जना भएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले लगानी र व्यवसायीक वातावरण बनाउन सरकारसंग आग्रह गर्नुभयो ।सिद्धाथ उद्योग वाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य प्रमोद यादव, प्रदेश सभा सदस्य दधिराम न्यौपाने र सन्तोष पाण्डे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना, सिद्धार्थ नगरका प्रमुख हरी अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष गुणनिधि तिवारी, संघका महासचिव नेत्र आचार्य लगायतले बोल्नु भएको थियो ।पुष २ गतेसम्म सञ्चालन हुने महोत्सव तथा मेलामा कृषि पर्यटन, उद्योगका २५० बढी स्टल सहभागि भएका छन ।