प्रदेश ५ मा ३ सदस्यीय मन्त्रीमण्डल - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

प्रदेश ५ मा ३ सदस्यीय मन्त्रीमण्डल



आचार्य प्रदीप
बुटवल । प्रदेश नम्बर ५ मा ३ सदस्यीय मन्त्रीमण्डल गठन भएको छ । यस प्रदेशको मुख्य मन्त्रीको रुपमा शंकर पोखरेल र २ मन्त्रीहरुले आज सपथ ग्रहण गरेका हुन् । संबिधानको धारा १३८ को उपधारा ९ बमोजिम गठन भएको ३ सदस्यीय मन्त्रीमण्डलमा एक एमाले र एक माओवादी केन्द्रका मन्त्री छनोट भएका छन् ।

अपराह्न ३ बजे बुटवलमा रहेको सडक डिभिजन कार्यालयको सभागृहमा भएका सपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले सपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्रीको सपथ लगत्तै पोखरेलले माओवादीका कुल प्रसाद केसीले अार्थिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तथा नेकपा एमालेका बैजनाथ चौधरीले भौतिक पुर्वाधार बिकास मन्त्रालयको जिम्मेवारी सहित सपथ ग्रहण गराएका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र को समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलले मुख्यमन्त्रीको जिम्मेवारी संगै अार्थिक मामिला तथा योजना मन्त्रालय, उधोग पर्यटन बन तथा वातावरण मन्त्रालय, भुमि ब्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय र समाजिक बिकास मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका छन् ।

सपथ ग्रहण कार्यक्रम पछि बोल्दै प्रदेश नम्बर ५ का मुख्य मन्त्री पोखरेलले आर्थिक समृद्विको लागी कार्य गर्ने बताउँदै प्रदेश नम्बर ५ लाई पहिलो प्रदेशको रुपमा निर्माण गर्ने बताए ।