एक सातामै प्रदीप नेपालको 'युटर्न': छोडे माधव नेपालको साथ - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

एक सातामै प्रदीप नेपालको ‘युटर्न’: छोडे माधव नेपालको साथ



काठमाडौं- नेकपा एकीकृत समाजवादीमा गएका नेता प्रदीप नेपाल एक सातामै मोडिएका छन् । अस्वस्थताका बावजुद निर्वाचन आयोग पुगेर माधव नेपालको पक्षमा हस्ताक्षर गरेका प्रदीप नेपालले एकाएक माधव नेपालको साथ छोडेका हुन् ।

नेता प्रदीप नेपालले माधवकुमार नेपालबाट धोका भएको भन्दै साथ छाडेका छन् । उनले फेसबुकमा आफूले माधव नेपालबाट धोका पाएको सार्वजनिक गरेका छन् ।

नेता प्रदीप नेपालले पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो । विदा ।’

माधव नेपालको साथ छोडेपनि नेता नेपालले आफू नेकपा एमालेमा भने नजाने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ उनले अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।’