प्रदेश २ को नाम जनकपुरधाम, राजधानी तोक्न मतदान सुरु - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

प्रदेश २ को नाम जनकपुरधाम, राजधानी तोक्न मतदान सुरु



जनकपुरधाम । प्रदेश २ को राजधानी तोक्न मतदान सुरु भएको छ । नामकरण र राजधनी तोक्न गठित भएको समितिको प्रतिवेदनमाथि छलफल सकिएलगत्तै जनकपुरधाम राजधानीका लागि मतदान सुरु भएको छ ।

अध्ययन समितिले स्थायी राजधानीका लागि ७ वटा प्रस्तावलाई परिमार्जन गरी तीनवटा बनाएको छ ।

पहिलो प्रस्तावमा जनकपुरधाम स्थायी राजधानीको केन्द्र भई उत्तरमा ढलकेवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना तोकिएको छ । सोही प्रस्तावमा अहिले मतदान सुरु भएको हो ।

स्थायी राजधानीकै लागि दोस्रो प्रस्तावमा वीरगञ्ज पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्मको प्रस्ताव छ ।

वीरगञ्ज महानगरपालिका भरी राख्ने तस्रो प्रस्तावको रूपमा रहेको छ ।