पुरानो स्टाटस हटाएर प्रदीप नेपालले लेखे: ‘म माधव नेपालको मान्छे हुँ’
काठमाडौं- एमालेका नेता प्रदीप नेपालले नेपाल समुहमा नरहेको बताएको भोलीपल्ट नै आफु माधव नेपालको मान्छे भएको बताएका छन् ।
माधव नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन दिएकै दिन आफू कुनै समुहमा नरहेको बताएका नेता नेपालले बिहिबार बिहानै आफू माधव नेपालको मान्छे भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै नेपालले आफू माधव नेपालको मान्छे भएको बताएका हुन् ।
नेता नेपालले अहिले आफू कुनै पनि कमिटीमा नरहेको उल्लेख गर्दै नेपाल समुहमा रहेको बताएका छन् । उनले छ वर्षदेखि नै कमिटीविहिन भएको उल्लेख गरेका छन् ।
नेता प्रदीप नेपालले लेखेका छन्, ‘म माधव नेपालको मान्छे हुँ। अहिले मेरो कुनै कमिटी छैन, छ वर्षदेखि म कमिटी बिहिन, अबस्थामा छु।’
बुधबार माधव नेपालले नयाँ दल दर्ता गरेर केन्द्रीय कमिटीमा राख्दा उनै नेपालले माधव नेपालले आफ्नो स्वतन्त्रता हनन् गरेको आरोप लगाएका थिए । हिजो लेखेको स्टाटस उनले फेसबुकबाट हटाएर आज नयाँ स्टाटस राखेका छन् ।