निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि पक्राउ परेका प्रदीप रावल साधरण तारेखमा छुटे - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि पक्राउ परेका प्रदीप रावल साधरण तारेखमा छुटे



काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको घटना अनुसन्धानका लागि पक्राउ परेका कञ्चनपुरका प्रदीप रावल साधरण तारेखमा छुटेका छन् ।

सार्वजनिक हित विरुद्धको अपराधमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई आज साधरण तारेखमा छाड्ने आदेश दिएको हो ।

तीन साताअघि उनी काठमाडौंमै पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उनलाई अभद्र व्यवहार गरेको आरोप लगाएर सार्वजनिक हितविरुद्धको अपराधमा मुद्दा चलाएको थियो । सोही घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रदीपका साथी बिशाल चौधरी पनि छुटिसकेका छन् ।