प्रदीप ज्ञवालीलाई समर्थकको पत्र: 'घर बिगारेर बासमाग्न हिंड्नेसँग सती जान सकिँदैन' - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रदीप ज्ञवालीलाई समर्थकको पत्र: ‘घर बिगारेर बासमाग्न हिंड्नेसँग सती जान सकिँदैन’



-बाबुराम भण्डारी

माननिय परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली ज्यु सात समुन्द्र पारीको देश बाट खिन्नमनले अभिवादन।
हुनत म हजुरलाई यसरी पत्रलेख्ने हैसियत नराख्न सक्छुहोला तर तपाईले आफ्नो उमेरको अन्त्यतिर गरिरहेको ठुलोभुल र ठुलो गल्तिले आफ्नो खुट्टामा बन्चरो प्रहार गरेको देखेर दया लाग्यो दयासँगै दुखपनि लागेको छ। तपाँई बौद्धिक हुनुहुन्छ तर क्षमता र खुबि कतै कहिल्लै महसुस गर्न सकिएको थिएन सायद छैनपनि होला। किनकी पटक पटक हजुरले जनताको आशिर्बाद प्राप्त गर्नुभो साम्सद भबन छिर्नुभो अनि फेरी कसैको आशिर्बादले मन्त्री पनि हुनुहुन्छ अनि त्यसपछि कसैले गरभनेर बुद्धिदिंदा गरेजस्तो गर्नुभो तर खासै लोकप्रिय काम मौकामिल्दा पनि गरेजस्तो महसुस गरेर लोकप्रियता कमाउनु भो जस्तो लाग्दैन। पार्टी लोकप्रिय थियो एकता भएर ठुलो भएको थियो त्यसैमा सुर्यचिन्हको लोकप्रियताको कुरै नगरौं अनि स्वर्गीय नेता कमरेड मनमोहन अधिकारीले र स्वर्गीय नेता क. मदन भण्डारीको योगदानको कारण तपाईहामि कम्युनिस्ट बनेर घमण्ड गर्न सक्ने बनेका थियौं। तर बिडम्बना तपाँई सवार डुन्गा तपाँई आफै डुबाउन तिर लाग्नुभो। म तपाईमा बौद्धिकता भएपनि आफ्नो क्षमताको तौलगर्न सक्ने आफुले हरेक कुरा निर्णय गर्न सक्ने र आफ्नो नैतिकता केहो भनेर बिचार गर्न सक्ने नेताको रुपमा देख्न चाहन्थे तपाईमाथि मेरो पुरा भरोषा थियो तर त्यो सबै पार्टी फुटाएर प्रबक्ता बनेको दिनदेखी समाप्त भयो।तपाँई लाई बधाई दिने हैसियत राखिन सक्नुहुन्छ भने बिचार गर्नुहोला तर यि राम्रा नराम्रा मेरा बिचारहरु मेरै समाजिक सन्जाल मार्फ़त छरपष्ट पारे वापत माफिचाँहि माग्दिन।

मैले कं माधब कुमार क. केपिओली लाई सम्झाऊने वा गालिदिने हैसियत राख्दिन अझै कं प्रचण्डको बारेमा केहि बोल्नु मेरो नैतिकताले दिंदैन किनकी कं प्रचण्डलाई मैले हावाको भरमा भर्खर नेतामान्न बाध्यहुँदै थिए। तर तपाँई क. प्रदिप ज्ञवाली प्रति मेरो हक़ छ अधिकार छ किनकी तपाँईप्रति मेरो नैतिक र भौतिक लगानी छ अझै मेरो अमुल्यमतको के मुल्याङ्कन गर्नुहुन्छ? मैले तपाँई सँगको बर्गिय नाताले गर्दा म मेरै परिबारका नेपालि काँग्रेसका नेता आदरणीय दाई चन्द्र भण्डारी जस्ले मलाई दर्शन गर्दा होश वा दसैंको टिका लगाउँदा होस सदैब सु-स्वास्थ्य दिर्धायु र ठुलो मान्छेबन्ने आशिर्बाद दिईरहनु हुन्छ म भने सदैब चुनाब हराउन लागिपरि रहन्छु तर आज लाज लागेको छ दुख लागेको छ र होश खुलेको छ। म कम्युनिस्ट राजनितीमा लाग्दा अन्जानमै पहिलो बाक्य वा यो थेगोले मलाई कम्युनिस्ट बनाएको थियो सायद २०४२ सालमा होकि म त्यस्तै १०/११ बर्षको थिएँ राष्ट्रीय पञ्चायत सदस्यको अन्तिम निर्वाचन थियो त्यो गुल्मीमा क. कमल श्रेष्ठ मैदानमा हुनुहुन्थ्यो उहाँको चुनाबि अभियानमा यो थेगो खुबै प्रख्यात थियो कतिलाई सम्झना छ थाहा भएन मैले सबैशब्द नबिर्षिएको भए।

“रंगेहात गिरफ्तार बेला बेलामा कुंदिरहन्छन जनताका सच्चा नेताहरुलाई जेलमा पुलिसले कुटीरहन्छन”

यसपछि कमल श्रेष्ठ मनपरेपछी अब उहाँको प्रचार प्रसार सुरुगरियो अनि उहाँको भाषण सुनेपछि रगत तात्न थाल्यो र कम्युनिस्ट बन्न पुगिएछ पछि थाहा भयो।

समग्र रुपमा माननिय क. प्रदिप ज्ञवाली समक्ष मेरो सुझाव यस प्रकार छ।

१.अब हजुर यदि पार्टी फुट्यो भने तपाँई पार्टीको नेता बन्नुहोला तर सांसद भबन छिर्ने सपना नदेख्नु राम्रो हुनेछ।

२.दुई पार्टी मिलेर जनतन काँग्रेसलाई हराएको हुनाले र अब गुल्मी क्षेत्र नं १ मा पुर्व एमालेको माधब टिम र सिंगो माओवादि अर्को तर्फ केबल केपिओली टिम कुन चाँहि हैसियतले काँग्रेस सँग चुनाब लड्ने क्षमता राख्नुहुन्छ ?? अब काँङ्ग्रेसको दिन आए मैले यो सबै श्रेय हजुर लाई दिन्छु।

३.तपाईलाई प्रधानमंत्री बन्नुहुन्छ कि भन्ने कल्पना मैले नगरे पनि उप प्रधानमंत्री र गृहसम्म सोंचेको थिए तर यो नै अन्तिम मन्त्री रहेछ भने पार्माटी झन माथि पुग्ने देखिएन हजुर सँग आफ्नो डिसिजन छैन अरुले दिएको मात्र लिंदा कहिल्लै त्यहाँ पुगिदैन।

४.मिल्छ भने अँगाडि बढेर संघर्ष गरेर ऐलेलाई आफ्नो गुमेपनि केपिओली सिसाएपनि माधब रिसाए पनि एउटा युद्ध लड्नुस जस्ले गर्दा पार्टी जोडियोस भोलिको तपाईको भबिश्य निर्धारण गर्ने मौका मिलोस।

५.ऐले केहि चैतेहरुले तल्लो लेबलबाटनै केपि ओलि पक्ष र माधब प्रचण्ड पक्ष भनेर उफ्रि रहेको देखेको छु। कसैले तपाँई लाई बधाई लेखेको देखेको छु। कसैले माधब नेपाल लाई बधाई दिईरहेका छन तर ति असति हरुलाई के थाहा चुनाब हार्दाको पिडा।

६.तपाँई दुबैपक्षले जिबनभर राजनितिक संघर्ष गरेर यहाँ सम्म आउनु भएको हो हामिलाई थाहा छ। तर राजनिती गर्ने राज गर्नको निम्ति सत्तामा पुगेर जनताको सेवा गर्न हो तर अब यदि यो नै सत्यहो भने हजुरले राजनितिबाट सन्यास लिंदा राम्रो देख्छु।

७.यदि पार्टी एक भएन भने अबको निर्वाचनपछि हजुले संसद भबन केबल अरुलाई भेट्न जानुहुनेछ। तपाँईले निर्वाचन जित्ने सपना नदेख्दा राम्रो हुनेछ। किनकी एमाले दुईटुक्रा हुनेभएपछि तपाईको मत कति ? आंकलन गर्नु होला। तपाँई एक्लो तर एमाले र माओवादीको अर्को संगठन दुबै परास्त तपाँईहरुकै कारण अबको बहुमत काँङ्ग्रेसको, बधाई दिन तैयार रहनुहोला

८.समग्रमा मैले एकभोट दिउला तर बनिबनाऊ घर बिगारेर बासमाग्न हिंड्ने हरुसँग सचेत कार्यकर्ता सति जान सकिने छैन र सक्ने छैनन्।

९.ति बिबेक हिन सन्तान जस्को घरमा बुवा आमाको सामान्य कुरामा मनभेद हुँदै पारपाचुके हुन लाग्यो मिलाउने कुरा छैन आमासँग रहँदाको र बाउसँग रहँदाको ब्यक्तिगत फाईदा हेरिरहन्छन ति नालायक सन्तान हैनन् र ? अनि ति सन्तानका साथिभाई(कार्यकर्ता)जो सँग बिबेक छैन उनिहरु समग्र भबिष्य बिचार नगरी म एता तँ त्यता भनेर बुरुक्क बुरुक्क गरेको देखेर नझुक्किनु होला।

१०.तपाँईहरुको यो घटिया हर्कतले देशलाई कस्तो अबस्थामा पुर्याउने छ। एकपटक प्रबक्ता छोडेर निदबाट ब्युझिएर हेर्नु होला र सदैब अरुले दिएको लिनेहैन आफै मिहिनेत गरेर देखाएर वा वा कमाउने अबसर नगुमाउनु होला। तपाई यो समयमा पार्टीको प्रबक्ता बनेर हैन गुल्मी क्षेत्र नं एकबाट फेरि चुनाब जितेर देशको गृह र उपप्रधानमंत्री बन्ने अबसर मिलाउन पार्टीलाई फुट्नबाट जोगाउनु होला।

११.तपाई पार्टीमा अझै निकै तल्लो बरियतामा पर्नुहुन्छ तर यस पटक माधब प्रचण्डसँग समन्वयकारी भुमिका खेलेर एकढिक्का बनाउन सकेमा बरियता माथि उक्लिने छ।

हार्दिक अभिवादन सहित
बाबुराम भण्डारी
गुल्मी क्षेत्र नं १
हाल टोकियो।