जमिन फिर्ता माग्न गएका परराष्ट्रमन्त्री ज्ञवाली नक्सा नै फेरेर फर्किए - Himal Post Himal Post
  • १० फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 22 2026
Logo

जमिन फिर्ता माग्न गएका परराष्ट्रमन्त्री ज्ञवाली नक्सा नै फेरेर फर्किए



काठमाडौं- सीमा विवादको बिषय टुंग्याउने भन्दै भारत छिरेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नक्सा नै परिवर्तन गरेर आफैलाई गिज्याएका छन् । तीन दिने भारत भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले भुमी फिर्ता गर्ने निर्णय भारतलाई गराउलान भनेर पर्खेका नेपाली एउटा चित्र हेरेर झनै तर्सिएका छन् ।

नेपाल-भारतको विवाद समाधानका लागि बिहीबार भारत प्रस्‍थान गरेका ज्ञवाली सहभागी भएको एक कार्यक्रमले नेपालीहरुलाई खल्‍लो महसुस भएको छ। शुक्रबार इण्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले मिठा कुरा गरिरहँदा । पछाडि राखिएको ब्यानरमा देखिएको नक्‍साले भने ज्ञवालीको बोली बन्द गरिदियो ।

जति मिठा गफ गरेपनि नक्सामा देखिएको त्यो दृश्य सामान्य भने थिएन । जुन भूमि फिर्ताको लागि वार्ता गर्न उनि भारतमा गएका थिए त्यहि भूमिको नक्साले उनलाई कुरीकुरी गर्दै थियो । भारतले आफ्‍नो दाबी गरेको तर पछिल्‍लोपटक नेपालले आफ्‍नो नक्‍सामा समेटिएको कालापानी, लिपुलेक र लिम्‍पियाधुराको विषय परराष्ट्र मन्त्रीस्तरको बैठकमा टुंगोमा पुग्‍छ भन्‍ने आम अपेक्षा थियो ।

उनी उभिएर मिठो भाषण छाँटीरहँदा नेपालको कालापानी, लिपुलेक र लिम्‍पियाधुरा नै गायव भयो । सो कार्यक्रमको ब्यानरमा नेपालको नयाँ नक्‍सा राख्‍नुको सट्टा पुरानै नक्‍सा राखिएको थियो ।

नेपाल सरकारले जेठ ७ गते कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहित भूभाग समेटी नयाँ नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको थियो। जेठ २ गते राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै अतिक्रमित कालापानी, लिपुलेक तथा लिम्पियाधुरासमेत समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिबद्धता जनाएकी थिइन् । संसद्ले निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्‍न दर्ता गरिएको विधेयक पारित गरेको थियो ।