प्रदीप ज्ञवालीले भने लक्की शेर्पालाई बर्खास्त गरिएको छैन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्रदीप ज्ञवालीले भने लक्की शेर्पालाई बर्खास्त गरिएको छैन



काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका बारेमा अझै कुनै निर्णय नभएको खुलासा गरेका छन् ।सोमबारको मन्त्रिपरिषद् बैठकले राजदूत शेर्पालाई बर्खास्त गरेकाे हल्ला बाहिर आए पनि परराष्ट्रमन्त्रीले यस्तो खुलासा गरेका हुन् । मंगलवार विहान एक अनलाइनसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने, ‘अनुसन्धान प्रक्रिया जारी छ । परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई वर्खास्त गर्ने बारे कुनै निर्णय गरेको छैन ।’

मानव वेचविखनमा संलग्न रहेको आरोप लागेकी राजदूत शेर्पाविरुद्ध सरकारले छानविन समिति बनाएर अनुसन्धान भइरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएर स्पष्टीकरण लिएको छ । उनका पूर्व सवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत दम्पति मानव वेचविखनमा संलग्न रहेको आरोप लगाएपछि लक्की शेर्पा विवादमा तानिएकी हुन् ।

राजदूत शेर्पाले आफू विरुद्ध लगाइएको आरोप खण्डन गर्दै आएकी छिन् । वाङछुले अष्ट्रेलिया लगिदिने भन्दै राजदूत दम्पतीले पैसा उठाएको, अष्टेलिया नलगेपछि पैसा फिर्ता नदिएको आरोप लगाएका छन् ।