परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाने - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाने



काठमाडौँ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन आज भारत जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने सो कार्यक्रमम यस वर्षको विषय ‘अ वल्र्ड रिअर्डरः न्यू जिओमेट्रिक्स, फ्ल्युड पार्टनरसिप, अनसर्टेन आउटकम्स’ छ ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारत सरकारका उच्च अधिकारीसँग समेत भेटघाट गर्ने कार्यक्रम छ । ज्ञवाली यही शुक्रबार स्वदेश फर्किनेछन् ।