माधव नेपाललाई एमाले छोडेर जान प्रदीप ज्ञवालीको सुझाव - Himal Post Himal Post
  • ११ फाल्गुन २०८२, सोमबार
  •      Mon Feb 23 2026
Logo

माधव नेपाललाई एमाले छोडेर जान प्रदीप ज्ञवालीको सुझाव



काठमाडौं- एमाले प्रवक्ता प्रदीप ज्ञवालीले माध नेपाल समुहलाई पार्टी छोडेर जान सुझाव दिएका छन् । एमालेमै रहेर समानान्तर गतिबिधि गरे र्हप कारबाही गर्ने बताउँदै उनले पार्टी छाड्न सुझाव दिएका हुन् ।

संसद भवनमा पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिए । एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन पनि ज्ञवालीले सुझाव दिए।

पार्टीले कारबाही गरेपछि समानान्तर गतिविधि गरिरहेका नेपाल–खनाल पक्षलाई ओली पक्षले थप कारवाही गर्ने चेतावनी दिएकोहो।

एमालेभित्रै बसेर एमालेका नाममा समानान्तर गतिविधि हुनु कारवाहीको विषय भएको पनि ज्ञवालीले बताए। समानान्तर संगठन खोलेर पार्टीको एकतालाई कमजोर पारेर गन्तब्यमा कसरी पुग्न सकिन्छ भन्दै उनले नेपाल खनाल समूहलाई प्रश्न पनि गरे।

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला संस्थापनको चेतावनी आएको हो ।