प्रदीप ज्ञवालीलाई बाबुरामले भने: 'आफ्ना नागरिक ल्याउन नसक्ने हुतिहारा' - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

प्रदीप ज्ञवालीलाई बाबुरामले भने: ‘आफ्ना नागरिक ल्याउन नसक्ने हुतिहारा’



काठमाडौं- पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका कुरा टिभीमा सुनेर लाज लागेको बताएका छन् ।

डा. भट्टराइले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै स्वदेश फर्कन लागेका आफ्ना नागरिकलाई भारतसंग गुहारेर सीमापारी नै राखिएको भन्ने अभिव्यक्तिले लज्जित तुल्याएको बताएका हुन्।

भारतमा रोजीरोटीका लागि पुगेका नेपाली लकडाउनका कारण सीमा नाकामा आएर कैयौं दिनदेखि अलपत्र परेको र सरकारले उचित ब्यबस्थापन गर्न नसकेको भन्दै बिरोध भैरहेका बेला डा. भट्टराइले यस्तो बताएका छन् ।

डा. भट्टराइले प्रदीप ज्ञवालीको यस्तो हुतिहारा कुरा सुनेर एउटा सार्भभौम राज्यको समेत अपमान गरेको बताएका छन् ।

उनले कमसेकम सरकारले सीमावारी ल्याएर क्वारेन्टाइनमा राख्न नसकेर भारतसामु गुहार मागेर राष्ट्रवादको धोति फुकालेको समेत बताएका छन् ।

यस्तो छ बाबुरामले लेखेको ट्वीट

कान्तिपुरTVमा परराष्ट्रमन्त्री @PradeepgyawaliK को कुरा सुनेर लज्जित तुल्यायो! स्वदेश फर्कन लागेका आफ्नना नागरिकलाई भारतसंग गुहारेर सीमापारी नै राखिएको रे! यस्तो हुतिहारा कुरा गर्न एउटा सार्वभौम राज्यले मिल्छ?कमसेकम सीमावारी ल्याएर क्वारेन्टाइनमा राख्न सकिन्न?राष्ट्रवादको धोती कता?