कांग्रेस नेता प्रदीप पौडेल अस्वस्थ
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल बिरामी परेका छन् । उनलाई निमोनियाँ संक्रमण भएपछि आराम गरिरहेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा निमोनियाँ पुष्टि भएपछि चिकित्सकको सल्लाहअनुसार उनी घरमै आराम गरिरहेका छन् ।
पौडेलनिकट निकट एक नेताका अनुसार महाधिवेशनलगत्तै पौडेलको घाँटीमा समस्या देखिएको थियो । स्वास्थ्यमा असहजता भएपछि परिक्षण गराउँदा निमोनियाँ देखिएको जानकारी दिएका छन् ।
पौडेल केही समयअघि कोरोनाबाट पनि संक्रमित भएका थिए ।
महामन्त्रीमा पराजित भएका पौडेललाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरिसकेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धा गरेका थिए ।