व्यवहारिक शिक्षाको आवश्यकता ! - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

व्यवहारिक शिक्षाको आवश्यकता !



-दिब्यान्त जोशी

पूरा देश आधुनिकता तर्फ जाँदै गरेको छ । सम-समष्टिगत कानुनको गीतको लहर सारा राष्ट्रभरि गुन्जिरहेको छ ।त्यही गीतको लहर अनि गुन्जनकारमा हामी जस्ता बालबालिकाहरूले देश बनाउने , राष्ट्रको समृद्धिमा रम्ने ,असल अनि उत्तरदायी नागरिक बन्ने जस्ता सपनाका बृक्ष्य रोपिरहेका छौँ । मलाई लाग्छ यिनी त सम्पूर्ण बालबालिकाहरूको साझा दृस्टान्तनै बनिसकेका छन् ।

तर दुर्भाग्यवश ,बालबालिकाका यिनै दृष्टान्त , सपना र सायद भविष्यका बिपनालाई पनि डढेरो र प्रश्न चिह्न लगाउने काम गरिरहेको छ , शिक्षाप्रतिको अन्धविश्वास, र अज्ञानताले !  जब हामी एउटा बालक सङ्ग प्रश्न गर्छौँ , “तिमी पढेर के बन्छौ ?”  उँ बाट शीघ्रतापूर्ण जवाफ निस्कन्छ , डाक्टर , इन्जिनियर , पाइलट ,वा CA , मध्य एक ।

के हामीलाई राम्रो र धेरै पढेको मान्छे कहलिन इन्जिनियर ,डाक्टर ,पाइलट ,CA मध्य एक (वा कुनै निश्चित) नै बन्नुपर्छ । अरू केही आफू सङ्ग क्षमता भएको काम गरे असल भइँदैन र ? प्रश्न गर्न चाहन्छु , हाम्रो समाज प्रति जसले सायद हामी जस्ता लाखौँ बालबालिकालाई संकिण बिचारले बाँधिरहेको छ ।

शिक्षा त हामीलाई ज्ञानी र नैतिकवान मानव बन्नकालागि आवश्यक पर्दछ । एकोहोरो किताबी पढाइमा मात्र ध्यान दिनुपर्छ भन्नू त हाम्रो शिक्षाप्रतिको अन्धविश्वास हो । माफगर्नुहोला ! , यसलाई शिक्षाप्रतिको अज्ञानता नै हो भन्दा फरक नपर्ला की ?  हामीलाई थाहा छ , व्यवहारिक शिक्षा हाम्रो लागि एकदमै आवश्यक छ ।हामीलाई यो पनि थाहा छ कि , हामीले व्यवहारिक शिक्षालाई जोड दिनुपर्छ । तर परिणाम के ? हात लाग्यो शून्य !
नेपालको अहिलेको शैक्षिक प्रणाली अधिकांश ब्यबहारिकता बिना नै छ । ब्यबहारिकताको सङ्ग्रहालय बनाउन खोज्दापनी यो ,द्विविधा हुन सक्छ कि , नमुना कहाँ बाट ल्याउने ! नमुनाका लागि मात्र पनि ब्यबहारिकता रत्तीभर छैन ।

हुन पनि हो , देशमा हामीले बनाएको लोकतान्त्रिक सरकारले समेत देशको विकासमा ब्यबहारिकता देखाउँदैन भने हाम्रो के दाँजो !कुनै विकसित मुलुकको नागरिक सङ्ग व्यवहारिक शैक्षिक प्रणालीबारे प्रश्न गर्दा उसले भन्छ , ” हामीसँग व्यवहारिक शिक्षा छ ” । तर हामी नेपाली , आजपनी भन्छौँ र अबको 10 वर्ष पछि सम्म पनि भन्ने छौँ, “व्यवहारिक शिक्षालाई जोड दिनुपर्छ ” ! सन्दर्भ तितो र प्रस्ट छ । यस्तो हुनुमा सायद अरू कुनै कारण नहोला किनकि हामी मर्ममा विश्वास गर्छौँ भने उनीहरू कर्ममा ।

आज भोलि मानिसहरूका नयाँ पिडिँमाथि गुनासाहरू थपिइरहेका छन् । अचेलका बालबालिकामा सहयोग , दया , मायाको भावना बिल्कुनै छैन रे! यस्तो किन ?। जब एउटा बालक / बालिका परीक्षा दिएर घर फर्किन्छ , तब उँ माथि अभिभावकका परीक्षामा आएका भन्दा बढी प्रश्नका बर्सात हुन थाल्छन् ,
बाबु तिम्रो कति percentage आउँछ ? , अरूले तिमीलाई जित्ला है ! बिचार गर्नु । , सह-पठन गर्नुहुँदैन समय नासिन्छ । आदि ।  यस्ता प्रश्नले उसको मानसिकता percentage नै ठुलो , जसरी भए पनि बढी भन्दा बढी नतिजा ल्याउनुपर्छ भन्ने हुन्छ । सहयोगको भावना त उनीहरूमा हुँदै हुँदैन । अनि समाजको हितका लागि कसले चिन्ता गर्छ ? ।

एकता नै बल हो भन्ने कथनलाई ब्यबहारिकतामा कसरी उतार्ने ? यदि अभिभावकले बच्चालाई ” बाबु आज तिमीले कतिलाई सहयोग गर्‍यौ ? के के बिग्रिएको रहेछन् , साथी सङ्ग छलफल गर्‍यौ कि गरेनौ ? अनि बिग्रेका प्रश्नहरू साथीहरूसङ सिकाई माग्नु है । जस्ता प्रश्न र सुझाव दिँदा उसको मानसिकता एकदमै सकारात्मक भएर मौलाइदिन्छ कि ? र पछि उसले हातेमालो गरेर , सहयोगको भावना लिएर निस्स्वार्थ ढङ्गले अघि पनि बढ्न सिक्न सक्ने कुरामा दुई मत हुँदैन होला । असल र उत्तरदायी नागरिक त अवश्य बन्छ नै ।

भारतका महान् क्रिकेटर अनि क्रिकेट जगतका भगवान् भनेर चिनिने पूर्व क्रिकेट खेलाडी सचिन तेन्दुलकर , कक्षा १० मा अध्ययन गर्ने बेला उहाँ अङ्ग्रेजी विषयमा फेल हुनुभएको थियो !सायद धेरैले उहाँको उपहास , खिल्ली उडाएका होलान् । तर उहाँले उक्त उपहास र खिल्लीलाई सकारात्मक ऊर्जामा परिणत गर्नुभयो ।
तपाईँलाई थाहा छ? , अहिले भारतको १० कक्षाको अङ्ग्रेजी किताबको पहिलो पाठमै उनको जीवनी छ भनेर सुन्नपाईन्छ । अब भन्नुहोस् सफलता के हो ? र को सफल भयो ? … अन्तिममा, हिउँ व्यक्ति जो फेल भएको थियो । वास्तवमा उहाँ फेल हुनुभएको होइन भन्ने यो कुराले प्रस्ट पार्दछ ।त्यसैले त सबै भन्छन् नि , “कि पढेर जानिन्छ ,कि परेर जानिन्छ ” ।

सचिनले के गरे र जाने , आफै मनन गर्नुहोला । वास्तवमा उहाँले आफ्नो करिअरलाई पूर्णतः ब्यबहारिकतामा उतार्नुभयो र सफलताको गन्तव्य प्राप्त गर्नुभयो ।यदि कुनै बालकलाई क्रिकेटप्रति ज्यादै रुचि छ । मैदान नै उसको लागि दोस्रो स्कुल हो , बल र ब्याट उसकालागी कपि र कलम । त्यसो हो भने उक्त कपि र कलमले उसको भविष्यलाई रङ्गाउन दिनुहोस् ना कि मेट्न । उँ भविष्यमा एउटा राम्रो क्रिकेटर बन्न सक्छ ।तर हामीले उसको सोचमा संकिण बीउ बोइरहेको हुन्छौँ कि निश्चित एक पेसा अङ्गाल्नु पर्छ । यदि उँ क्रीटेर नभएर उदाहरणकालागी , इन्जिनियर भयो । इन्जिनियर त भयो तर राम्रो इन्जिनियर बन्न कदापि सक्दैन , राम्रो क्रिकेटर भने बन्न सक्छ । किनकि ,

Career wouldnt be that what other See ,
Career Would be that what you can !

आफ्नो क्षमतालाई करिअरमा रूपान्तरण गरी त्यसलाई ब्यबहारिकतामा उतारी कर्म गरे , अवश्य सफल बनिन्छ र सदैव राम्रो कर्म ठहरिन्छ । र एउटा कुरा भनु ?, करिअर के रोज्ने ? , हुने बिरुवाको चिल्लो पात भने झैँ हाम्रो क्षमताले हामीलाई भन्छ ना की कुनै निश्चित विषयले ,र त्यो क्षमतालाई व्यवहारिक शिक्षा लेनै प्रस्फुटन गर्ने कुरामा दुई मत हुँदैन ।तर हामीले भने करिअरलाई अलि फरक तरिकाले परिभाषित गरेका छौँ । सबैका आफ्नै आफ्नै धारणा हुन सक्लान् । यद्यपि ,शिक्षा के हो ? र यसका क्षेत्र के हुन् ? बुझौँ । बुझ्न जरुरी छ । म पनि प्रयासरत छु ।

एकै छिन् है !  ….एक छिन मनमा एकाग्रताका साथ मनन गर्नुहोस् त । एउटा फोहोर मुक्त सहर छ , ठाउँ ठाउँमा फोहोर मलाई नामक फोहोर व्यवस्थापन गर्ने बाकस राखेका छन् । त्यहाँ एउटा मान्छे फास्ट फुड हातमा लिएर सेवन गरिरहेको छ , एक छिन पछि उसले उक्त फास्ट फुडको बाहिरी भागको प्लास्टिक , त्यो फोहोर राख्ने बाकसमा नफाली एक ठाउँमा फालिदिन्छ र आफ्नो बाटो हिँड्छ । फेरि अर्को व्यक्ति आउँछ त्यहीँ फोहोर फाल्छ , पुनः अर्को व्यक्तिको आगमन हुन्छ र त्यसै गरी फोहोर फाल्छ । यस्तो प्रक्रिया चलिरहन्छ। बाटो निकै दुर्गन्धित हुन्छ । फेरि त्यही पहिलो मानिस धेरै दिन पश्चात् उक्त बाटो मा पुग्छ । उसले फोहोर नै फोहोर देख्दछ र दिक्क हुँदै सरकारलाई गाली गर्छ ” कस्तो सरकार हो हाम्रो देशको , नेपाली हुँ भन्न लाज पो लाग्छ” ।

यस्तो पढेर एक छिन त स्तब्ध हुनुभएको होला है । उक्त मानिसप्रति तपाईँमा रिसको प्रत्यागमन पनि भएको हुनुपर्छ । यो त एक उदाहरण थियो । के थाहा ? नेपालको सन्दर्भमा ठिकै पनि हुनसक्छ ।
वास्तवमा उसमा अलिकतीपनि व्यवहारिक ज्ञान भइदिएको भए ,उसले फोहोर मैला राम्ररी व्यवस्थापन गर्दथ्यो र उक्त ठाउँ दुर्गन्धित हुदैनथियो । यहाँ त कस्तो विडम्बना सृजना भइदियो भने , हामी आफै गल्ती गर्छौँ र गल्तीको श्रेयपनी देशको सरकारलाई दिन्छौँ । यद्यपि, हामी गलत छौँ ।

याद गर्नुहोला !, देश निर्माण र व्यवस्थापनमा सबै नागरिकको ठुलो भूमिका रहन्छ । नागरिकको स्वच्छ र इमानदारीतापुर्ण भूमिकाले देशमा परिवर्तनको वृक्षमा मलजल थप्दिन्छ । समृद्धिका निम्ति सबै नागरिकले परिवर्तनका पाइला आफैबाट चाल्नुपर्दछ भन्ने कुरा हामीलाई अवगत नभएको होइन । हामीलाई यो पनि थाहा छ , परिवर्तन आफै बाट सुरु हुन्छ । तसर्थ , पहिला आफै परिवर्तित हुनुहोस् , आफूमा ब्यबहारिकता जगाउनुहोस् ! अन्यथा कसैको भत्सर्ना गर्न , तपाईँलाई कुनै अधिकार छैन । व्यवहारिक ज्ञानको जीवनका हरेक क्षण र क्षेत्रमा उपयोग हुने गर्दछ। यसर्थ आफूमा ब्यबहारिकतालाई जोद दिऊँ अनि सभ्य नागरिक पनि बन्नौँ ।

नेपालको शैक्षिक गुणस्तरतालाई विशिष्ट सङ्गै व्यवहारिक बनाउनका लागि सबै सरोकारवालाहरूको इमानदारी र उत्तरदायीपुर्ण भूमिका निर्वाहन हुनु नैसर्गिक छ । शैक्षिक रूपान्तरणका निम्ति सरकार र जनताबिच समन्वयको पाइला अघि चाली , विशाल , शान्तिपूर्ण , लाभदायीक र प्रभावकारी शैक्षिक क्रान्तिको थालनी हुन अब धेरै छैन , प्रतीक्षा गरौँ ।

पुनश्च : अहिले हामी अधिकांश नेपाली व्यवहारिक शिक्षाबाट टाढा बनिरहेका छौँ । अहिलेको युगमा व्यवहारिक शिक्षा अत्यावश्यक रहन्छ र धेरै विद्यार्थी साथीहरूलाई करिअर र विषय छनोटबारे द्विविधा रहने गर्दछ । तसर्थ यिनै विषयलाई मध्यनजर गरी , आफू भन्दा ठुला व्यक्तित्व तथा बुद्धिजीवी व्यक्ति सङ्ग भलाकुसारी गरी आएका निष्कर्ष तपाईँ बिच साट्न खोजेको छु । केही कमी कमजोरी भए क्षमा प्रार्थी छु ।