प्रचण्डको उद्घोष :दुवै केन्द्र भंग गरी एउटै कम्युनिष्ट पार्टी बनाएर नयाँ यात्रा तय गरिन्छ
नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, स्थायित्व, विकास र समृद्धि अबको आवश्यकता रहेको बताउनुभएको छ ।
प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाटमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भन्नुभयो,“अब सबै मिलेर देशमा चौतर्फी रुपमा समृद्धि दिन्छौँ, देशमा विकासको आवश्यकता छ, तराई मधेशमा अझ बढी विकास गर्नु बाँकी छ ।”
संघीय समाजवादी फोरम नेपाललाई समेत सरकारमा सहभागिता गराउन वार्ता अन्तिम चरणमा पुगेको जानकारी उहाँले। दिनुभयो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुई कम्युनिष्ट पार्टीबीचको एकता अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले भन्नुभयो, “अब दुवै केन्द्र भंग गरी एउटै कम्युनिष्ट पार्टी बनाएर नयाँ यात्रा तय गरिनेछ । आजै अध्यक्ष प्रचण्डले गौतम बुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तूपको अवलोकन गर्नुभयो ।