प्रचण्डले यसरी सम्झिए माओलाई - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्रचण्डले यसरी सम्झिए माओलाई



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले चिनियाँ क्रान्तिका महान् नेता माआत्सेतुङ्गको १२५ औं जन्म दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनका बिचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताएका छन् ।

आज जारी शुभकामनामा प्रचण्डले भने, ‘माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय छ ।’ प्रचण्डले शुभकामनामा कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाएको पनि उल्लेख गरेका छन् ।

यस्तो छ प्रचण्डले जारी गरेको विज्ञप्ती-

चिनियाँ नयाँ जनवादी क्रान्तिका महान् नेता कमरेड माओ–त्सेतुङको जन्म दिवसका अवसरमा संसारभरका मुक्तिकामी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

कमरेड माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाउनुभयो । माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय र सान्दर्भिक छ ।