प्रचण्डले भने म यस कारण भारत जादै छु ! - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

प्रचण्डले भने म यस कारण भारत जादै छु !



चितवन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्डले छिमेकीहरुसँग राम्रो वातावरण बनाउनको लागि आफू भारत र चीन भ्रमणमा जान लागेको स्पष्ट पारेका छन् ।

शनिवार बिहान चितवनमा आयोजित संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । चीन तथा भारतको भ्रमणका बारेमा प्रष्ट पार्दै अध्यक्षले भने, ‘अहिले हामी समृद्धि र विकासको यात्रामा अगाडि बढ्दै गएको परिस्थिति हो । भारत र चीन जाँदा विकास निर्माणका कामलाई गति दिने उद्देश्यले दुबै छिमेकीसँग अझ राम्रो वातावरण बनाउने र सहयोग जुटाउनेमा मेरो भ्रमण केन्द्रीत हुन्छ ।’

उनले एक अर्को प्रसंगमा भने,‘वामपन्थी सरकारको सबैसँग सम्वाद, सहकार्य र सहमति गर्ने उद्देश्य हो । सरकारले सुशासन र विकासलाई मुख्य नारा बनाएको छ । यो अवस्थामा अरु कुनै वितण्डता तिर लैजानु भन्दा सबै पक्ष खुलस्त ढंगले सम्वाद, वार्ता र सहमति गर्ने तिर आउनु पर्यो । वितण्डता मच्चाएर केही हुन्छ भन्ने सोच्नु साहै्र ठूलो अज्ञानता बाहेक केही पनि हुन्न ।’

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताए ।

उनले भने,‘स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई गति दिन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो ।’