जनकपुरलाई महानगरपालिका बनाएर एकीकृत सहरी विकास गर्ने योजना :प्रचण्ड - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

जनकपुरलाई महानगरपालिका बनाएर एकीकृत सहरी विकास गर्ने योजना :प्रचण्ड



जनकपुर,साउन १८  । 

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले जनकपुर उपमहानगरपालिकालाई महानगरपालिका बनाएर एकीकृत सहरी विकास पूर्वाधार निर्माण गर्ने आफ्नो पार्टीको योजना रहेको बताएका छन् ।

आजको नागरिक दैनिकमा खबर छ– आफू प्रधानमन्त्री रहेको बेला तराईका दुई उपमहानगरपालिका विराटनगर र वीरगन्जलाई महानगर बनाएको उल्लेख गर्दै उनले ऐतिहासिक तथा धार्मिक नगर जनकपुरको गरिमालाई स्थापित गर्न धार्मिक पर्यटकिय सहरको रुपमा विकास गर्ने उल्लेख गरे ।

आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी चुनाव परिचालन समितिका सदस्यलाई प्रशिक्षण दिन सोमबार जनकपुर आएको प्रचण्डले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनकपुरको विकासबारे लामो धारणा राखेका छन् ।

सहरी विकास मन्त्री प्रभु साह, मन्त्रालयका सचिव र प्राविधिकसँग छलफल गरिसकेको उल्लेख गर्दै उनले जनकपुरको एकीकृत सहरी विकास योजनाअनुरुप तत्काल काम सुरु गरेर अबको तीन वर्षभित्र जनकपुरलाई विश्वकै नमुना सहर बनाउने बताए ।