प्रचण्डको सहयोगमा ओली सरकार ढाल्ने कांग्रेसको योजना - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रचण्डको सहयोगमा ओली सरकार ढाल्ने कांग्रेसको योजना



काठमाडौं । नेपाली कांग्रेसले दुईतिहाई बहुमतको वामपन्थी सरकार ढालेरै छाड्ने भएको छ ।

कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीकै एकपक्षको सहकार्यमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने योजना बनाएको बताईएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने सह–महामन्त्री प्रकाशशरण महतले प्राइम टेलिभिजनसँग शुक्रबार कुराकानी गर्दै ओली सरकार ढाल्ने योजना सार्वजनिक गरेका हुन् ।

संसदको प्रमुख प्रतिपक्षी दलका पदाधिकारी रहेका महतले दावी गरे अनुसार, नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर उनको पार्टी ओली सरकार ढाल्न सफल हुनेछ । उनले भने, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढालेरै छोड्छौं । यो ९ महिनामा सरकारले केही पनि काम गर्न सकेन ।

महतले भने – ‘ओली सरकारलाई नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहयोगमा ढाल्छौं ।’

यो सरकारका नेताहरु कुरा गर्न जान्ने तर काम गर्न नजान्नेको झुण्ड भएको पनि उनको आरोप छ ।