प्रचण्डले भने आईजीपी खनाललाई राजिनामा दिनुस् ! - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

प्रचण्डले भने आईजीपी खनाललाई राजिनामा दिनुस् !



काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल प्रहरीका महानिरिक्षकको विकल्पको खोजी भएको छ । वर्तमान महानिरिक्षक सर्वोन्द्रनाथ खनालको कार्यशैली र संगठन सञ्चालनमा देखिएको अक्षमतालाई लिएर बालुवाटारले विकल्पको खोजी सुरु गरेको बताइन्छ । बालुवाटारको यो सोच बुझेकै कारण नेकपा अध्यक्ष प्रचण्डले खनाललाई राजनीनामा दिन सुझाव दिनुभएको छ ।

दलभित्र सरकार सञ्चालन, शन्ति सुरक्षालगायतका विषयमा पार्टी र सरकार दुबै आफ्नै कार्यकर्ताको घेराउमा पार्न थालेको पाएपछि प्रचण्डले पार्टी र सरकारको बचाउको उपायका रुपमा खनाललाई पदबाट राजीनामा गराएर तत्कालको लागि कार्यकर्ता र विपक्षीसमेतको आक्रमणबाटक बच्ने सूत्रको रुपमा बुझिएको छ ।

विगतमा महानिरिक्षक पदका लागि प्रम केपी ओली पुष्कर कार्कीका पक्षमा रहनुभएको र सिंगो एमाले पक्षका नेतासमेत कार्कीकै पक्षमा लबिङ गरेको अवस्थामा प्रचण्डकै अडानका कारण खनाल महानिरिक्षकको कुर्सीमा आसीन हुन पाउनुभएको थियो । प्रचण्डकै अडानका कारण तीनपटकसम्म मन्त्रिपरिषद् बैठकले महानिरिक्षकको नियुक्तिका विषयमा निर्णय लिन सकेको थिएन ।

प्रचण्डले नवराज सिलवाल प्रकरणले उठाएको राजनैतिक तनावको विगतको दृष्टान्त देखाउँदै वरिष्ठताका आधारमा सरकारले निर्णय लिनुपर्ने अडान राखेकै कारणले खनाल उक्त पदमा पुग्नुभएको थियो । प्रचण्डले त्यतिबेला, अहिले खनाललाई बनाअ‍ैं पछि देखा जाएगा भन्दै ओलीलाई सम्झाउनुभएको थियो । अहिले ओलीले प्रचण्डलाई यसैमा पक्रेर खनाललाई राजीनामा गराउने नत्र सरकारले निर्मला पन्त प्रकरणसँग जोडेर अक्षमताको आरोपसहित पदबाटै बर्खास्त गर्ने बताएपछि प्रचण्डले खनाललाई राजीनामाका लागि सम्झाउन खुमलटार बोलाएको समाचारस्रोतको दावी छ ।

ओलीको ‘गुडबुक’मा नपरेको कारणले नै २०७४ चैत्र २७ गतेको मन्त्रिपरिषद्को दोस्रो बैठकबाट महानिरीक्षक बन्नुभएका खनालले राज्यकै प्रमुख कार्यकारी प्रमसँग साढे आठ महिना बित्दासमेत एक्लै भेट गर्न पाउनुभएको छैन । आजको विमर्श साप्ताहिकबाट ।