प्रचण्डले विप्लबलाई भने हामी सहकार्य गरौं - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

प्रचण्डले विप्लबलाई भने हामी सहकार्य गरौं



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले समृद्धिसहितको समाजवाद निर्माणका लागि सहकार्य गर्न नेकपाका महसचिव विप्लबलाई आग्रह गरेका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘ म त जनयुद्ध पनि गरेको आएको मान्छे हुँ । तर, अहिले देश नयाँ चरणमा प्रवेश गरिसकेको छ । अब १० वर्षसम्म नयाँ आन्दोन गर्नुपर्ने आवश्यकता रहेको छैन। न्याय र आर्थिक समृद्धिसहितको समाजवाद निर्माणका लागि हामी सहकार्य गरौं ।’

उनले भने, ‘ स्थिरता, सुशासन र समृद्धिलाई सँगसँगै अघि बढाउनु पर्छ । स्थिरता, सुशासन र समृद्धि एउटा मात्रै भएन भने समृद्धि अपांगजस्तो बन्न पुग्छ । यीनीहरु अर्कामा अन्तरसम्बन्धित रहेका छन् ।’

अब १० वर्ष विकास, समृद्धि र सुशासनको लागि संघर्ष गर्नुपर्ने भन्दै प्रचण्डले ऐतिहासिक रुपमा प्राप्त गरेको यो अवसरमा नेकपाका महासचिव विप्लवसतिका बाहिर रहेका शक्तिहरुलाई पनि सहभागि हुन आग्रह गरे ।

उनले नीजि क्षेत्रलाई अघि नबढाउने हो भने कुनै पनि देशको विकास हुनै नसक्ने बताए । नेपालको विकासको लागि अनुकूल वातावण बनाएर बाह्य लगानी भित्र्याउन विदेशीलाई विश्वासमा लिन आवश्यक रहेको पनि प्रचण्डले बताए ।