कांग्रेसको कार्यालय र महाधिवेशनस्थल वरिपरी प्रचार सामग्री राख्न निषेध - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

कांग्रेसको कार्यालय र महाधिवेशनस्थल वरिपरी प्रचार सामग्री राख्न निषेध



काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल र पार्टी केन्द्रीय कार्यालय वरिपरी पाँच सय मिटर आसपास प्रचार सामग्री राख्न रोक लगाएको छ।

केन्द्रीय निर्वाचन समितिद्वारा बुधबार जारी आचार संहितामा सानेपास्थित केन्द्रीय कार्यालय र राष्ट्रिय सभा गृह तथा भृकुटी मण्डप वरपर प्रचार सामग्री राख्न निषेध गरिएको उल्लेख छ।

उम्मेदवारहरूले भिजिटीङ कार्ड र सामान्य अपील भने वितरण गर्न पाइने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

घिमिरले मतदानस्थलमा मोवाइल फोन लैजान नपाउने बताए ।

२५ मंसीरमा उम्मेदवारी दर्ता र २७ मंसीर विहान ८ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ।