पूर्व माओवादी मन्त्रीहरू प्रचण्ड निवासमा: मन्त्रिबाट राजीनामा हुन सक्ने - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

पूर्व माओवादी मन्त्रीहरू प्रचण्ड निवासमा: मन्त्रिबाट राजीनामा हुन सक्ने



काठमाडौं- पूर्व माओवादीका सबै मन्त्रीहरू यतिबेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् ।

राजनीति नै तरंगित हुनेगरी प्रधानमन्त्री ओलीले पार्टी फुटाउने अध्यादेश पास गराएपछि पूर्व माओवादीका सबै मन्त्रीहरू भेला भई खुमलटार पुगेको स्रोतले बताएको छ ।

नेकपाका दुई अध्यक्षबीच मतभेद बढि रहेका बेला सोमबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत पुर्याए पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो।

आज मात्रै मन्त्रिपरिषद् बैठकले राजनीतिक दल सम्बन्धि ऐनमा पार्टी विभाजनका लागि ४० प्रतिशत संसदीय दल सदस्य भए पुग्नेगरी अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयमा पूर्व माओवादीका मन्त्री बर्षमान पुनले मात्र ‘उचित नहुने’ धारणा बैठकमा राखेका थिए।

सबै मन्त्रीहरुलाई प्रचण्डले निवासमा डाक्नु भएको मन्त्रिपरिषद्बाट राजीनामा दिने निर्णय हुन सक्ने स्रोतले बतायो ।